किसानको सङ्घर्ष
माटो खान्छु,पसिना बगाउँछु
दुखमा जिन्दगी चलाई राखेको छु
घामले पोल्नु पोल्छ ,बर्खाले निथ्रुक भिजाउँछ
तर आफू त किसान निउरिरहन्छु हरपल ।
सुत्दा पनि आउदो रैछ आफ्नो खेतबारी
गोडमेल गरी सम्मान गर्छु आफ्नो खेतबारी
उत्पादन गर्न खोज्छु संसारलाई भोजन
धर्ती पूजा गर्छु म त यही हाे मेरो धन ।
म बाँचुन्जेल, खेतबारीमा हुन्छु
आँसु लुकाएर धैर्यको मान उमार्दै जान्छु
मेरो स्वाभिमान, मेरो माटोका लागि
किसानको सङ्घर्ष नै जीवनको वास्तविकता ।
माटो बिग्रे मन रुन्छ किसानकाे मानमा आगो
हाम्रा मेरुदण्ड किसान नै त हुन्
तर पर्छ दुख किसानलाई किन
जीवनको मुख्य पत्र किसान नै त हुन् ।
0 reads
Published on 10/26/2024
Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kritanjali Odari
Grade 10
Roll No: 27018
28
More Articles from
Student