underline

खै के भए म ?

Underline

Share:

म आफैँलाई थाह छैन

म एक्लो मात्र हैन

यो सारा संसार एक्लै भएझैँ लाग्छ

हृदयको गहिराइमा ती उजाड भावनाहरू

चिसो बतासले सिरिङ्ग सिरिङ्ग छोए जस्तो गर्छ ।

घरी के हुन्छ थाह हुँदैन, हिजोको हाँसो

भोलिपल्ट हेर्दा आँखा आँसुले भरिएको हुन्छ

गएको सम्झनाहरूमा हराउँदै गर्दा

जिन्दगीको यात्रा नै अलमलमा भएझैँ लाग्छ

खै के भए यो जीवनको यात्रा

कसैको साथ खोज्दै बित्ने जस्तो छ

आफ्नै छाया सँगै डराउँदै छु

पाथिकहरूले बाटो छोडदैनन्

अब के गर्ने भन्ने सोच

कहिले सोच्न सकिन न त बिर्सिन सकेँ

तर जिन्दगी यस्तै रहेछ भनेर

हिँडिरहेको छु यो सहरमा ।

0 reads

Published on 9/10/2024

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 10

Roll No: 27018

28

More Articles from

Student

Underline