कर्मको फल
कर्म नै जीवनको आधार हो,
कर्मकै फल पाउन मेहनत गर्नुपर्छ।
भोक, निद्रा, पसिना सबै भुली,
कर्मकै बाटोमा जीवन डोर्याउनुपर्छ।
संसारमा सुख–दुःख भोग्ने धेरै छन्,
सङ्घर्ष गर्दै शिखर चुम्ने पनि धेरै छन्।
नेपाल आमाको पवित्र माटोमा
तिमीले कर्म गर्न कहिल्यै नछोड।
हार नमान, अघि बढिरहनू,
तिमीलाई समयले हेरिरहेको छ।
पाइलापाइलामा कर्मका फल
तिम्रै प्रतीक्षामा उभिएको छ।
कालले अँगाले पनि नडराउनु,
कर्मको बाटो कहिल्यै नछोड्नु ।
फल ढिलो आउला, तर आउँछ अवश्य,
आशाको दीप कहिल्यै निभ्न नदिनु ।
संसार स्वार्थी छ, स्वार्थमा नबिक्नु,
हुरी चले पनि आफ्नै बाटो नछोड्नु।
समुद्रका छालझैँ सङ्घर्ष आए पनि
आफ्नो साहस कहिल्यै नतोड्नु ।
आफ्ना पैतालामा विश्वास राख्नु,
आफूभित्रको सामर्थ्यमा विश्वास राख्नु।
कर्म गरिरहनू, समयलाई पर्खिरहनू,
एक दिन कर्मको फलले तिमीलाई पर्खिने छ ।
3 reads
Published on 8/26/2026
Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kritanjali Odari
Grade 12
Roll No: 27018
30
More Articles from
Student