underline

जीवन र सपना

Underline

Share:

सूर्य उठ्छ, साँझमा अस्ताउँछ,

धरा वरिपरि घुम्छ, अनन्तको यात्रा ।

जीवनको यात्रा कहिले रोकिँदैन,

प्रकृतिको नियम कहिले बदलिँदैन ।

कहिले खुसी ल्याउँछ,

कहिले दुःख ल्याउँछ,

समयले सबैलाई पर्खाउँछ।

जीवनको साँचो कुरा यत्ति हो,

प्रयास गर्दै अघि बढ्न हर्षको साथ।

सपना ल्याउँछ उज्यालो, नयाँ आशा,

सपना उडाउँछ हर्षको साथ यात्रा ।

प्रकृतिका रङ मनलाई सजाउँछन्,

हर्षका साथ यात्रा रमाइलो बनाउँछन् ।

जीवनको यात्रा सत्य र माया,

सपना र परिश्रमले ल्याउँछ नयाँ आशा।

सपना र साँचो बुझ्न हर्षको साथ,

आफ्नो प्रयासले जीवनलाई उज्यालो बनाउँछ

सपना र मेहनतसँगै अघि बढ्दा,

जीवन सजिलो र रमाइलो बनाउँछ ।

सपना साकार हुँदा खुसी बढ्छ,

आफ्नो प्रयासले जीवनलाई उज्यालो बनाउँछ ।

0 reads

Published on 11/13/2024

Image

Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshita Lal

Grade 9

Roll No: 28015

35

More Articles from

Student

Underline