संस्कृतिको होली
साथीभाइ सबै हामी, पालैपालाे नाच्ने
होली, दशैँ, तिहारै त हाम्रो गाउने मन
आमा बुबा कतै जाँदा खुसी साट्ने हाे कता ?
परिवारको घरै घर जाने ठाउँ यताउता ।
कुरा साँच्चै भन्दा खेरि रमाइलो अति
कुरा सुन कुरा भन्छु कुरै कुरा छन् कति
होलिको दिन नाची जाँदा हामी खेल्छौँ साथी
रङ्गोली पानी सगैँ नाची बास्छौँ माथि ।
होलिकाको अन्त छ त्यो दिन थियाे त्यो राती
आगैको कपडामा नै लपेडी गई
सत्यको त जित नै हो नि कहाँ छ र अन्त
गलत र सही एक बिना बाँच्नै पनि सक्दैन ।
हरेक वर्ष मनाइने यो हाम्रो पर्व
यसै भित्र बसेको छ हाम्रो इतिहास
रङ्गको बाटोमा नाचिँदै हामी
सगँ सगैँ जाऔँ अब हात समाई हामी ।
हिन्दुको मनमा त होली त होला
कुन यस्तो मान्छे नै छ होली नरमाई
अब आऔँ हामी सबै एक जोड बनी
सबै जुनै जात भए मानिस हामी सबै ।
0 reads
Published on 8/25/2025
Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eshita Lal
Grade 10
Roll No: 28015
35
More Articles from
Student