राज
पानी परिरहेको छ। आकाश पनि आज रोए जस्तो लाग्यो । मेरो अगाडि मेरो एक मात्र परिवार मलाई छोडेर गइरहेरको थियो । तर म नि के गर्न सक्थेँ, संसारले पनि मलाई नै राेजेको थियो। “राज ! राज ! राज ! किन ? के तिमी मलाई सुन्न सक्छौँ सुन ! प्लिज ! रा- राज..?” ती आवाज मेरा कानमा अहिले पनि गुन्जिरहेका छन् । मेरो दाइ, मेरो एक मात्र परिवार । किन ? किन उनले पनि मलाई छोडे ? के मैले केही पाप गेरकी थिएँ ।
“के भयो रमी ? ओए रमी?” कसैले मलाई बोलाई रहे जस्तो लाग्यो । पानीमा मेरो आँसु नखसे झै देखिए। मैले पछाडि हेरेँ। “रमी..” सागर त्यहाँ उभिरहेको थियो।
“ओए रमी सुन् न !”
“के भो के रमी दाइ बिहान बिहान ओछ्यानमा हुँदै दिमाग नखानु के !” रमीले जवाफ दिई ।
ह्याँ भन्या ! यो सुन् न !!” राजले आफ्नो स्वर उठायो र भन्यो ।
रमी बल्ल बल्ल ओछ्यानबाट उठी, बसी र राजको कुरा सुन्न थाली।
“याँ सुन,
आज पशुपनतिनाथको दक्षिणपट्टि एक मानिसको लास भेटियो” यी शब्द सुन्दैमा रमीको मुखमा झलक आयो। “यो भयो नि काम को कुरा, ल त जाम न किन कुर्या ” यो भन्दै राज र रिमा घटना घटेको ठाउँ पुगे।
“राज म जेजे भन्छु कापीमा लेख्दै गर।” रिमा केही हेरे जसो बोली ।राज आफ्नो कापी निकाली लेख्न थाल्यो। “पशुपति मन्दिर पूर्ण रूपले बन्द हुनु,” रमीले बोली र मुर्दाको शरीर भएको ठाँउमा गई।
मुर्दालाई हटाइसकेको थियो । अब त्यहाँ खालि अब जानबाट रोकिएको थियो । “हममम…. राज..” रमीले राजलाई पुकारी ।
“हँ.?” राजले फिर्ता बोल्यो । “लेख: एक प्रकारको गलेको गन्ध।” राजले कलम उठाई । केही लेखी । रमीलाई हेर्यो । रमी यताउता गर्न थाल्यो । “हमममम…. पानको थुक मुर्दाको नजिक..।” यो रमीले राजलाई भन्दै थियो कि नरेश भाग्दै आयो । रमेश पुलिसको एक ठुलो पोस्टमा थियो ।
“ए नरेश जी, किन यति छितो आएको नि, कुर्नु न” राजले बोल्यो तर रिमा अहिले पनि पानमा र वरिपरि हेरिरह्यो।
“रोक्ने समय भए पो । रमी यो तिमीले नै गर्नु परेको छ । यो केशको लागि तिमीलाई नै चुनेको छ।”
“भइहाल्छ नि!” रमीले भनी। त्यो दिउसो “रमी तैँले यो सबै फाइलहरू पढी । हेर्दा त परिवारहरूको त केही पनि छैन, साथीहरू ले चै गरेजस्तो छ। मैले मुर्दाको केहीसाथीहरू ल्याएका छन् सुनिहाल” राजले भन्यो । रमीले मुखबाट हावा निकाल्दै सबैलाई हेर्न गई ।
“हेमा, पाल्पा, निपो, र हरि छन्” एक पुलिसले भने। रमी ले सबै लाई हेरि र फर्की ।
बाबालाई बोलाउन भन्दै सबैलाई एक एक गर्दै बोलाएपछि मुर्दाको परिवारको परिवारलाई पनि बोलाइयो। “मुर्दा आफ्नो भाइ, बुबा, फुपु सँग बस्ने गर्थ्यो”। रमीले हेरि सबैलाई “फुपूलाई बोलाउ” रमीले भन केहीबेरमा फुपू रुममा पसिन् ।
“भन्नु मुर्दा बारे के थाहा थियो हजुरलाई” रमीले सोधी।
“अब हेर्नु हामी परिवार त पोखरा बाट सर्या यो के भएहाल्यो। पियुसलाई मैले सानैदेखि चिन्या केही पनि न चल्ने । उसकी आमा सानै हुँदा बितेको कारण मैले नै हेरिरहेकी । ऊ त अरू दिन जस्तै खुसी कहिले पशुपति नगएको नगएको त !..” फुपू रुन थालिन् ।
“हजुर जान सक्नु हुन्छ” रमीले भनी।
“बुबालाई बोलाउनु” “मुर्दाले के गर्थ्यो ?” रमीले सोधी “हजुर त पढेलेखेको पुलिस सम्झेको, यस्तो प्रश्न सोध्नु हुन्छ । यति जाँच गर्दा मुर्दाले के काम गर्थ्यो पनि थाह नभाको” बुबा कराए तर पनि रमीले जवाफ उनको आँखामा खोजी ।
“अब हेर्नुस् हाम्रो जग्गा ठुलो हुनुको कारण त्यही खेतीपाती गर्ने गर्थ्यो । उसलाई कति भने कि भगवान्लाई पूजा गर कहिले गरेन । कहिले मानेन। जहिले पनि काम काम नै। प्रभुले पनि बदला नै छोडे जस्तो छ।”
“हजुर जान सक्नुहुन्छ।” रमीले भनी र अन्त्यमा भाइलाई बोलाई ।
“हजुरको मुर्दासँग कस्तो सम्ब्ध थियो ?” रमीले सोधी
“मेरो.. मेरो सनोभाइ.. ले मलाई धेरै माया गर्थ्यो, मलाई केही आपत्ति आए उसले मद्दत गर्थ्यो, बुबाको यत्रो जग्गा हुँदा पनि उसले कहिले पनि पैसाको लोभ देखाएन । जाड, रक्सी, पान जस्ता कुरा कहिले छोएन। म त पछि पढ्न काठमान्डौँ बाहिर गएको थिएँ । छुट्टिमा पशुपतिमा देवीको पूजा गर्न दिउँसो आरती हेर्न जाँदा पियूष पनि जाने जाने गर्न थाल्यो । हामी त्यहाँ आरती गरी बाहिर खाजा खान बस्दा मलाई केही समान किन्नु परेकाले म गएँ। पछि आउदा….”
“अब तपाई जान सक्नु हुन्छ” केही समयपछि सबै गएपछि रमीले पशुपति नजिकको केही जानकारी खोताल्यो । खोज्दाखोज्दै उसको आखाँ खुल्यो।
केही दिनसम्मको लागि रमी सहर बाहिर गई । सबै जना अचम्मित थिए । राज पनि।
0 reads
Published on 10/25/2024
Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eshita Lal
Grade 9
Roll No: 28015
35
More Articles from
Student