underline

हिउँको खेल (भाग १)

Underline

Share:

आकाश कालो थियो। बाहिर पानी मुसलधारे परिरहेको थियो। जङ्गलको बिचमा एउटा गेस्ट हाउस शान्त रूपमा उभिएको थियो । बाहिर पानीको आवाजले वातावरण डर लाग्दो बनाएको थियो भने गेस्ट हाउसभित्र भने रमाइलो माहोल थियो।

“मलाई अझै केही खानु छ,” मिलीले कराई।

“नाइँ बाबू, धेरै खाइसक्यौ,” आमाले सम्झाउँदै भनिन् । त्यति नै बेला ढोकाबाट बुबा आफ्नो कोट राख्दै भित्र आउनुभयो । “के भइरहेको छ यहाँ ? हजुरबुबा र हजुरआमा आइपुग्नुभयो त ?” रामले सोध्यो।

“ए राम, हामी यहीँ छौँ,” हजुरबुबा लेखनाथ र हजुरआमा दाँत देखाउँदै हाँस्दै बोले।

मिली आफ्नो कोठामा फुपूकी छोरी जेनिसा र छोरा नृपसँग खेल्न गइन् । तल राम, उनकी श्रीमती र लेखनाथ खाना बनाउने तयारीमा लागे। त्यत्तिकैमा ढोका खुल्यो।

“ए, रवि पनि आइपुग्यो त !” रामले खुसी हुँदै भने।

करिब एक घण्टापछि,

“ए रवि, मिली, जेनिसा, सबै तल खाना खान आअाे,” राधाले बोलाइन्।

सबै आए, तर मिली आइन। टेबुल वरिपरि हेर्दा नृप र रवि पनि देखिएनन्।

“केटाकेटीहरू के गर्दै बसेका होलान् ? म हेरेर आउँछु” राधाले भन्दै माथि सिँढी चढिन्।

केही समयमै राधाको ठुलो चिच्याहट सुनियो,

“हे राम !”

यो सुन्नासाथ सबै अतालिँदै माथि दौडिए। रविको कोठामा राधा स्तब्ध भएर उभिरहेकी थिइन् । फुपू र फुपाजु पनि मुख छोपेर हेर्दै थिए ।

रविको खाटमुनि नृपको लास थियो । मिली भुइँमा बसेर रोइरहेकी थिइन् । रोएको भन्दा पनि बोल्न नसकेर मुख बिगारिरहेकी । अब पुलिसलाई खबर गर्नुपर्‍याे तर घरकाे तल्लाे तलाको ल्यान्डलाइनमा बिजुली नै थिएन ।

सबैको ध्यान अब पेरी र उसका भाइ चार्ल्सतर्फ गयो । पेरी एक अनुभवी जासुस थियो र चार्ल्स पनि उसको सहयोगी । उनीहरू यस परिवारका पुराना साथी थिए । बिजुली नआउँदासम्म सबैले उनीहरूतर्फ आशाले हेरे ।

पेरी कालो, खैरो कोट र टोपी लगाएर गम्भीर मुद्रामा थियो । चार्ल्सले सबैलाई तल बस्न भने। दुवै माथि गएर कोठा निरीक्षण गर्न थाले ।

नृपको जुत्तामा हिउँको निशान थियो । झ्याल अलिकति खुल्ला थियो । उसको हातमा एउटा कागजको टुक्रा थियो, जुन उसले कडा गरी समातेको थियो । खाटमा कुनै हलचलको चिन्ह थिएन, जसले देखाउँथ्यो कि ऊ यहीँ मारिएको थिएन ।

त्यत्तिकैमा तलबाट ठूलो हल्ला सुनियो।

तल फुपू जोरजोरले रोइरहेकी थिइन् भने फुपाजु रमेश भने अस्वाभाविक रूपमा शान्त थिए ।

“आफ्नै छोराको मृत्युमा पनि तपाईं कसरी यति शान्त ?” फुपू कराइन् ।

“धेरै कराइस् भने तेरो पनि लास निस्किन्छ,” रमेशले चिच्याएर भने ।

यो सुनेर सबै झस्किए।

चार्ल्सले सबैलाई एक एक गरी सोधपुछ गर्ने निर्णय ग‍र्‍याे ।

“सबैभन्दा पहिले नृपलाई अन्तिम पटक कसले देखेको थियो ?”

“म” मिलीले डराउँदै हात उठाई ।

मिलीले भनिन्,

“म जेनिसा, नृप र रवि दाइसँग हिउँ खेलिरहेकी थिएँ । त्यसपछि रमेश फुपाजु आएर रवि दाइलाई लिएर गए । उहाँ निकै रिसाएको जस्तो देखिनुहुन्थ्यो । पछि नृप दाइ पनि रवि दाइको कोठातिर गए… अनि मैले… मैले…”

मिली बोल्न सकिन । पेरी र चार्ल्स एकअर्कातिर गम्भीर नजरले हेरे।

रहस्य झन् गहिरिँदै गयो।

5 reads

Published on 1/26/2026

Image

Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshita Lal

Grade 10

Roll No: 28015

35

More Articles from

Student

Underline