मन पर्ने चाड
मेरो मन पर्ने चाड तिहार हो । विभिन्न चाडपर्वहरूका आआफ्नै विशेषता हुन्छन् । त्यसमध्ये तिहारकाे पनि आफ्नै विशेषता छ । तिहार रमाइलाे पर्व हाे । तिहार पाँच दिनसम्म निकै हर्षोउल्लासले मनाइन्छ । विशेष गरी यो पर्वमा कागपूजा, कुकुरपूजा, गोवर्धनपूजा, लक्ष्मीपूजा, गाईपूजा गरेर भाइटीका लगाएर मनाइन्छ । तिहारलाई दीपावली पनि भनिन्छ । यस पर्वमा थरी थरीका खानेकुराहरू बनाइन्छ । घरमा झिलिमिली बत्ती पनि बालिन्छ । देउसी र भैलाे खेलिन्छ । याे पर्व खुसी, माया र रमाइलोले भरिएकाे पर्व हाे ।
0 reads
Published on 2/15/2023
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 4
Roll No: 31030
28
More Articles from
Student