किसान
किसान
बिहान सबेरै नै किसान खेततर्फ लाग्छन्
आफ्नो पसिनाको बलमा बाँझो जमिनलाई हरियाली बनाउँछन्
घाम र पानीको कुनै वास्ता नगरी निरन्तर काम गर्छन्
किनभने सम्पूर्ण मानिस उनीमाथि नै निर्भर हुन्छन् ।
बाढी, पहिरो, खडेरीले उनलाई धेरै दुःख पुर्याउँछ
वर्षभरि गरेको मेहेनत खेर जान्छ
तैपनि एउटा किसानले कहिल्यै हार नमानी
आफ्नो जिम्मेवारी सधैँ पूरा गर्छ ।
भन्छन डक्टर, पाइलट, इन्जिनियर बन्छु
तर कसैले किसानको नाम लिँदैन
त्यही किसानले आफ्नो काम छोडे भने
कसैले पनि अन्न पाउँदैन ।
किसानको मेहेनतको कदर गर्दै
उनलाई सम्मान गर्न सिक्नुपर्छ
किसानको काम र मेहेनत मै
देशको उज्ज्वल भविष्य लुकेको हुन्छ ।
0 reads
Published on 7/9/2026
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 8
Roll No: 31030
28
More Articles from
Student