underline

सडक जीवन

Underline

Share:

कसले बनाइ दियो ? यो सडक जीवन मैले तपाईंले समाजले वा राज्यले न त बुवा, न त आमा न त परिवार न त इष्टमित्र, न त घरभित्र न त खान  गाँस छ, न त बस्न बाँस छ कसले बनाइदियो ? यो सडककाे जीवन  न त बोक्न झाेला छ, न त किताब कापी यस्तो जीवन दिने को हो ? त्याे दुष्ट पापी  दिनभरि भिख माग्दा आउँछ पसिना कहीँ चर्को घाम कहीँ धेरै असिना उनको पनि हाम्रो जस्तै, होला ठुलाे रहर तर उनको यो रहर, बुझ्ने भएन यो सहर कसले बनाइदियो ? यो सडक जीवन मैले तपाईंले समाजले वा राज्यले

0 reads

Published on 7/8/2021

Image

Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shubha Shree Malla

Grade 3

Roll No: 31030

28

More Articles from

Student

Underline