कथा समीक्षाः काग र कोइली
यस कथामा जङ्गलमा काग र कोइली बस्छन् । त्यहाँ अरु धेरै छिमेकीहरू हुन्छन् । काग र कोइली साथीसाथी हुन् । उनीहरूले एउटै समयमा बच्चा काेरल्छन् । काेइलीका सबै बच्चा मर्छन् भने कागका चाहिँ बाँच्छन् । फेरि अर्काे पटक पनि सँगै फुल पार्छन् । यसपटक काेइलीले आफ्नो बच्चा हुर्काउन गाह्रो पर्ला जस्तो लागेर उसले आफ्नो फुल कागकाे गुँडमा राखिदिन्छ । उसले कागलाई नाेकर बनाउने साेच्दछ । काेइलीकाे चल्ला कागले काेरलेर हुर्काउँछ । सबै चल्ला हुर्किएपछि रङ छुटिन्छ । कागले सबै थाहा पाउँछ र कागले आफ्नाे बच्चा लिएर कोइलीको बच्चालाई छोडेर काग अन्यत्र नै बसाइ सर्छ । कोइली पनि कागको पछि लागेरसँगै गएर गुँड बनाएर बस्छ । कोइलीका बच्चा हुर्किएपछि आफ्नो गुँड छुट्टै बनाउँछ । कोइलीले कुहूँ….कुहूँ….. भनेर कराएकाे मेरा आमा बुबा को हो ? भनेर सोधेको भन्ने चलन छ ।
0 reads
Published on 2/21/2023
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 4
Roll No: 31030
28
More Articles from
Student