underline

समुदायको महत्त्व

Underline

Share:

समुदाय भनेको एक क्षेत्रमा बस्ने मानिसहरुको समूहलाई समुदाय भनिन्छ । समुदाय एक निश्चित ठाउँमा, आकार र परिधिभित्र रहेको हुन्छ । समुदायमा बस्ने मनिसहरूको चालचलन, रहनसहन र संस्कार समान हुन्छन्, उनीहरुको रुचि, आवश्यकता र उद्देश्य पनि प्राय गरेर समान नै हुन्छन् । त्यसैले हाम्रो दैनिक जीवनयापनका लागि समुदाय एक अपरिहार्य अङ्ग हो। हाम्रो जीवनमा समुदायको महत्त्वपूर्ण भूमिको रहेको छ। हामीले हाम्रो जीवनमा आवश्यक पर्ने कार्यहरू एक्लै गर्न सक्दैनाै त्यसैकारण हामीलाई समुदायको आवश्यकता पर्छ । जस्तै :-- बाटोघाटो खन्न र बनाउन ,- वृक्षारोपण गर्न,- जीविकाका लागि जस्तै:- व्यापार, व्यवसाय र खेतीपाती जस्ता विभिन्न पेसाका काम गर्न,- हाम्रो कला, संस्कृति चालचलन, परम्परा आदि बढाउन ,- हाम्रो पहिचान र गौरव बचाउन ,धर्म र परम्परालाई जोगाउन लागि गरिने क्रियाकलापहरूमा समुदायको विशेष भूमिका रहन्छ । समुदायमा मिलेर गरिने कार्यबाट समाजको साझा आवश्यकता पूरा हुन्छ ।समुदायबाट एकआपसमा ज्ञान आदानप्रदान गर्न सकिन्छ । त्यसैले अन्त्यमा हाम्रो दैनिक क्रियाकलापदेखि लिएर सामाजिक क्रियाकलापहरू सम्पन्न गर्नका लागि हाम्रो समुदाय हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ ।

0 reads

Published on 9/6/2023

Image

Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shubha Shree Malla

Grade 5

Roll No: 31030

28

More Articles from

Student

Underline