खेलकुदको महत्त्व
खेलकुदले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउने काम गर्छ । खेल्ने र कुद्ने काम नै खेलकुद हाे । खेलकुदले हाम्राे आत्मविश्वाश पनि बढाउँछ । खेलकुदले हाम्रो मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यलाई पनि राम्रो प्रभाव पार्छ । खेलकुदले हाम्राे लगनशीलता र इच्छाशक्तिकाे विकास गर्छ । खेलकुदले हाम्रो मानसिक स्वास्थ्य राम्राे बनाउनुका साथै हामीलाई चिन्ता र तनावबाट पनि मुक्त बनाउँछ । खेलकुदले हामीलाई अनुशासनमा बस्न सिकाउँछ । खेल खेल्दा हामीलाई नयाँ काम गर्ने उर्जा उत्पन्न भएको महसुस हुन्छ । यसले हामीलाई आफ्नो समस्या आफै समाधान गर्न सक्षम गराउँछ । यसले हामीलाई मिलेर काम गर्न पनि सिकाउँछ। यसले हामीलाई सही र गलनकाे पहिचान पनि गराउँछ । खेलकुद हाम्रो लागि निकै महत्वपूर्ण छ । यसले हामीलाई स्वस्थ्य र तन्दुरुस्त पनि राख्छ । कुनै खेल घरभित्र खेलिन्छ भने कुनै खेल घरबाहिर खेलिन्छ । माेबाइलमा गेम खेल्नुभन्दा घरबाहिर गएर समूहमा खेल खेल्नु राम्राे हाे । हामीले पढाइसँगै खेल पनि खेल्नुपर्छ ।
0 reads
Published on 12/8/2023
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 5
Roll No: 31030
28
More Articles from
Student