पानीको महत्त्व
पानी हाम्रा लागि धेरै महत्त्वपूर्ण कुरा हो । हामीले पानी खाना पकाउन, खेतीपातीको काम गर्न, घर सफा गर्न, भाँडा माझ्न, लुगा धुन तथा अन्य विभिन्न कामका लागि प्रयोग गर्छौँ । पानीबाट खेतबारीमा अन्न फल्छ । पानी भयो भने पृथ्वी सुख्खा हुन पाउँदैन । चारैतिर हरियाली हुन्छ । हामीले पानी खेर फाल्नुहुँदैन । हाम्रो देश नेपाललाई पानीको धनी देश मानिन्छ । पानीबिना हामी मानिस, पशुपन्छी, बोटबिरुवा कोही पनि बाँच्न सक्दैनन् । पानीले गर्दा नै हामी बाँचेका छौँ । त्यही भएर हामीले पानीलाई बचाएर राख्नुपर्छ । आवश्यकताअनुसार मात्र खर्च गर्नुपर्छ ।
0 reads
Published on 5/17/2023
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 5
Roll No: 31030
28
More Articles from
Student