underline

वातावरण दिवस

Underline

Share:

हाम्रो वरिपरि रहेका हावा, पानी, ढुङ्‌गा, माटो, वनजङ्‌गल ,वनस्पति सबै वातावरणभित्र पर्दछन् । यी सबै कुरा दूषित भएमा वातावरण दूषित हुन्छ । वातावरणलाई परिवेश पनि भनिन्छ । वातावरण हामी सबैको लागि अति आवश्यक छ । हरेक वर्ष जुन ५ तारिखमा वातावरण दिवस मनाइन्छ ।याे दिन विश्वका धेरै देशहरूमा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइन्छ ।हामीले वातावरण सफा र स्वच्छ राख्नपर्छ। वातावरण सम्पूर्ण प्राणीको बासस्थान हो । वातावरण सफा भएन भने हामीलाई रोग लाग्छ । हामीले १ दिन मात्र वातावरण दिवस मनाएर हुँदैन। सधैँभरि वातावरणलाई सफा सुन्दर बनाउने काम गर्नुपर्छ। हामीले सबैतिर चेतनामूलक सन्देश फैलाउनुपर्छ । हामी वातावरणमा निर्भर छौँ । वातावरण विनाश भयो भने हामी पनि नासिन्छौं। हामीले सबैतिर हरियाली बनाउनुपर्छ । रुख काट्नु हुँदैन। रुख, नभएको ठाउँमा रुख राेप्नुपर्छ । हामीले वातावरणको संरक्षण गरेर धर्तीलाई सुन्दर र हरियाली बनाउनुपर्छ ।

0 reads

Published on 6/13/2023

Image

Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shubha Shree Malla

Grade 5

Roll No: 31030

28

More Articles from

Student

Underline