कथा समीक्षाः गैँडाकाे खाग
‘साझा पृथ्वी’ भन्ने पुस्तकभित्र रहेको गैँडाको खाग भन्ने कथा निकै रमाइलो र ज्ञानवर्धक कथा हो । ‘साझा पृथ्वी’ भन्ने पुस्तक मदनकृष्ण श्रेष्ठ ज्यूले लेख्नु भएको हो ।कथावस्तुयस कथामा गृष्मा र राजेन्द्र दौडिँदै हजुरबुबा भएको ठाउँमा आउँछन् । हजुरबुबाले दौडिएको कारण सोध्नुहुन्छ । उनीहरूले हजुरबुबालाई भन्छन् “एक जना नचिनेको मान्छेले आफूहरूलाई एउटा पोको राख्न दिएको छ ।” हजुरबुबाले पनि “त्यसरी अर्काले दिएको कुरा लिनुहुँदैन, यसलाई त पुलिस चौकीमा लगेर बुझाउनुपर्छ”, भन्नुहुन्छ र सबैजना पुलिस थानामा जाने निधो गर्छन् र सबैजना जान्छन् ।पात्रहरूयस कथामा असल पात्रको रूपमा हजुरबा गृष्मा र राजेन्द्रलाई लिएको छ । उनीहरूले जङ्गली जनावर मार्नुहुँदैन । यो काम नराम्रो हाे भनेर पुलिसलाई गैँडाको खागकाे बारेमा जानकारी दिन्छन् र यस कथामा खराब पात्रको रूपमा भीमबहादुरलाई लिएको छ । भीमबहादुरले जनावरहरू मारेर त्यसबाट पैसा कमाउने गरेका छन् ।परिवेशयस कथाकको परिवेश गाउँघर वरपरको दृश्य देख्न सकिन्छ । बाटोघाटाे हुँदै सबैजना पुलिस थानामा पुगेको देखिन्छ ।सिफारिसम यो पुस्तक पढ्नका लागि सिफारिस गर्छु किनभने यो पुस्तकमा थुप्रै रमाइला कथाहरू छन् । कथाहरूबाट धेरै राम्रा र नयाँ कुराहरू सिक्ने मौका पाइन्छ । जनावरहरूलाई मार्ने होइन उनीहरूलाई संरक्षण चाहिन्छ भन्ने कुराले गर्दा यो कथा उत्कृष्ट रहेकाे छ ।
0 reads
Published on 6/16/2022
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 4
Roll No: 31030
28
More Articles from
Student