नेपाल र गणतन्त्रको इतिहास
नेपाल र गणतन्त्रको इतिहास
सामान्यतया गणतन्त्र भन्नाले जनताले गर्ने शासनलाई बुझिन्छ। गणतन्त्र दुईवटा शब्द मिलेर बनेको एक समस्त शब्द हो। जसमा गण भन्नाले जनता र तन्त्र भन्नाले शासन गर्नु भन्ने बुझिन्छ। सामान्यतया गणतन्त्र भन्नाले जनताद्वारा जनतालाई गरिने शासनलाई बुझिन्छ। यसमा कुनै पनि राजकीय शासन हुँदैन। यस प्रकारको शासनमा जनताले नै राम्रो प्रतिनिधिलाई चुन्न पाउँछन्।
नेपालमा गणतन्त्रको इतिहास हेर्नुपर्दा त्यति लामो भने छैन। गणतन्त्र स्थापना हुनुअघि नेपालमा राजाहरूले शासन गर्ने गर्थे । राजाहरूबाट स्वतन्त्रता नपाएपछि जनताले वि.सं २०६२ मा जनआन्दोलन गर्ने निर्णय गरे । वि.सं २०६२ / ०६३ को जनआन्दोलनका कारण त्यस समयका नेपालका तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाहले राजीनामा दिनुभयो। जसको कारण २४० वर्ष लामो शाहवंशीय राजकीय शासनको अन्त्य भएको थियो र नेपालमा पहिलोपटक गणतन्त्रको स्थापना भएकाे थियो। यसै गरी औपचारिक रूपमा २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रत्मक मुलुक घोषणा गर्याे । त्यसपछि नेपालमा पहिलोपटक जनताहरूले राष्ट्रपति चुनेर डाक्टर रामवरण यादवलाई नेपालको पहिलो लोकतान्त्रिक गणतन्त्रात्मक नेपालकाे प्रथम राष्ट्रपति बनाएका थिए । त्यसपछि नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी हुनुभयाे । त्यसै गरी नेपालको वर्तमान समयको राष्ट्रपति भने रामचन्द्र पौडेल हुनुभएको छ। त्यसै गरी नेपालमा गणतन्त्र स्थापना भएपछि पहिलोपटक २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको थियो । यसलाई नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नै घाेषणा गर्नुभएको थियो । यस संविधानमा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्। सङ्घीय प्रणालीमा नेपाललाई ७ प्रदेश ७७ जिल्ला र ७५३ स्थानीय तहमा बाँडफाँड गरिएको छ। त्यसैगरी यस लोकतान्त्रिक संविधान जारी भएपश्चात नेपाललाई एक धर्मनिरपेक्ष राज्य पनि घोषणा गरिएको थियो। त्यसैगरी यस संविधानले नागरिकको स्वतन्त्रता सुनिश्चितता गर्नका लागि धारा १६ देखि ४६ सम्म ३१ वटा हक अधिकारहरू गरेर मौलिक हक छुट्याइएको छ।
नेपालमा २०६५ साल जेठ १५ गते गणतन्त्र दिवसको स्थापना भएको हुनाले यस दिनलाई यादगार बनाउनको लागि गणतन्त्र दिवसको पनि स्थापना भएको छ। यो दिन सम्पूर्ण नेपालीहरूको लागि एकदमै महत्वपूर्ण दिन मानिन्छ। काठमाडौँको टुँडिखेलमा हर्ष उल्लासका साथ सैनिक मञ्चमा यो दिवस मनाइने गर्दछ। यस दिन सहिदहरूले देशको लागि पुर्याएको योगदान पनि स्मरण गरिन्छ। त्यसै गरी गणतन्त्र दिवसको उपलक्ष्यमा अधिराज्यभरिका विभिन्न विद्यालयहरूमा विभिन्न कार्यक्रम र समारोहहरु पनि गरिन्छ। त्यसैगरी सांसद भवनमा पनि मन्त्री प्रधानमन्त्री तथा सांसदहरूले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउनु हुने गर्दछ।
नेपालमा गणतन्त्रले थुप्रै परिवर्तनहरू ल्याएको छ। सर्वप्रथम गणतन्त्रका कारण नेपालमा राजतन्त्रको अन्त्य भएको छ। त्यसैगरी नेपालमा जनताहरूले आफ्ना हक अधिकारहरू सन्तुष्टिपूर्वक प्राप्त गर्न सफल भएका छन्। उनीहरू कसैको पनि अधीनमा रहनुपरेको छैन र आफ्नो जिन्दगी आनन्दपूर्वक बाँच्न पाइरहेका छन्। तर गणतन्त्रका थुप्रै बेफाइदाहरू पनि रहेका छन्। नेपालमा गणतन्त्र स्थापना भएपछि धेरै भ्रष्टाचार र घुसखोरी हुन लागेको छ। असल नेतृत्वको चयन हुन नसक्दा जनताले दुःख गरेका पैसाहरू सबै नेताहरुले भ्रष्टाचार गरिरहेका छन्। यही कुराको मध्यनजर गर्दै नेपालमा जिएनजी आन्दोलन भएको थियो र जेन्जी आन्दोलनका कारण नेपालमा नयाँ नेतृत्व युवा नेतृत्वको चयन भएको थियो।
निष्कर्षमा गणतन्त्र नेपाल देशको विकासमा ठूलो भूमिका खेलेको छ। क्रुल राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको स्थापना गर्ने क्रममा जनताले स्वतन्त्रता समानता जस्ता अन्य थुप्रै हकहरू प्राप्त गरेका छन्। यसले जनतालाई स्वतन्त्र बनाउने मात्र होइन नताका इच्छा आकांक्षालाई राज्यमा पुर्याउने कार्य पनि गरेको छ। यस गणतन्त्र दिवसलाई अझ यादगार बनाउनको लागि नेपालमा गणतन्त्रमा पनि राम्रो शासन हुनुपर्छ। भ्रष्टाचार र घुसपेटहरू अन्त्य गर्नुपर्छ। गणतन्त्रको सम्वर्धन र प्रवर्द्धन गर्दै नेपाललाई उदाहरणीय मुलुक बनाउनुपर्छ। र नेपालमा सुशासन कायम गर्नुपर्छ। अन्त्यमा गणतन्त्र दिवसको सबैलाई हार्दिक शुभकामना।
0 reads
Published on 6/4/2026
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 9
Roll No: 2029031
17
More Articles from
Student