मलाई मन पर्ने पाेखरी
नेपालमा धेरै पाेखरीहरू छन् । तीमध्ये मलाई मन पर्ने पाेखरी सिद्धपाेखरी हाे । सिद्धपाेखरी भक्तपुर जिल्लामा पर्छ । सिद्धपाेखरी धेरै सुन्दर छ । त्यस पाेखरी सल्लाघारीकाे वीरेन्द्र सैनिक स्कुलकाे नजिकै रहेकाे छ । सिद्धपाेखरीमा धेरै रङ्गीबिरङ्गी माछाहरू छन् । तीमध्ये मलाई राताे रङकाे माछा मन पर्छ । त्यहाँ माछालाई खान दिन पनि पाइन्छ । माछालाई खानेकुरा दिँदा मलाई धेरै रमाइलाे लाग्छ । सिद्धपाेखरी हरियाे रङकाे छ । त्यहाँ धेरै बस्ने ठाउँहरू पनि छन् । त्यहाँ बसेर पाेखरीलाई हेर्दा धेरै आनन्द लाग्छ । पाेखरीमा डुङ्गा पनि चलाउन पाइन्छ । मानिसहरू डुङगा चढ्दा धेरै खुसी हुन्छन् । त्याे पाेखरी भएकाे ठाउँमा जान धेरै सजिलाे छ । सिद्धपाेखरी भक्तपुरकाे ब्यासी जाने गाडीमा जान सकिन्छ यसै गरी अरनिकाे राजमार्गकाे सल्लाघारीमा झरेर दस मिनेटमा जान पनि सकिन्छ । नेपालमा यस्ता पाेखरीहरू धेरै छन् । पाेखरीहरूकाे हामीले सरसफाइ गर्नुपर्छ । सफा र सुन्दर पाेखरी सबैलाई मनपर्छ ।
0 reads
Published on 8/4/2020
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 3
Roll No: 2029031
17
More Articles from
Student