underline

अन्धविश्वास

Underline

Share:

“म अब गएँ है ।” सन्देशले आफ्नी बहिनीलाई भन्यो । सन्देश एक भान्छे थियो । काठमाडौँको याला क्याफेमा खाना पकाउने गर्थ्यो । मेहनत र इमान्दारिताका साथ खाना पकाउँथ्यो । उसले पकाउने मlठा मिठा चाउमिन र मःमःले रेस्टुरेन्टमा आउने मानिसहरूको मन तानेको थियो ।

सन्देशले याला क्याफेमा काम गर्दा पैसा पनि राम्रै कमाइरहेको थियो । उसको सिप र क्षमता क्याफेका म्यानेजरहरूले राम्रोसँग थाहा पाएका थिए । मिठो बोलेर सबैको मन जित्ने सन्देश उत्तिकै सुन्दर र ज्ञानी पनि थियो । सन्देशको घरमा एक बहिनी थिइन् र उनका दाइले विदेशमा खाडी मुलुकमा काम गर्थे । सन्देशका बुवाआमा भने पोखरामा आफ्नै गाउँमा हुनुहुन्थ्यो । सन्देश उसकी बहिनीसँग काठमाडौँसम्म काम खोज्नका लागि आएको थियो ।

सन्देश थियो २४ वर्षको । उसले क्याफेमा काम गरेको करिब पाँच वर्ष भइसकेको थियो । ऊसँग प्रशस्त पैसा थियो । बहिनीले पनि बैंकमा काम गर्थिन् । बिस्तारै केही पैसा कमाउन थालेपछि सन्देशले एउटा आफ्नै चिया पसल खोल्यो । जसको नाम उसले राख्यो सन्देश स्वादिष्ट चिया पसल । उक्त चिया पसललाई सन्देशले भर्खर भर्खर खोलेको हुनाले उसले विभिन्न सामाजिक सञ्जालमा त्यसको प्रचार गर्न थाल्यो । बिस्तारै उसको पसलमा मान्छेहरू आउन थाले । उसको पसलमा चियाका विभिन्न प्रकारहरू पाइन्थे । सन्देशको पसलमा फोनको पनि राम्रो व्यवस्था थियो ।

सन्देशले लामो समयदेखि यी सेवाबाट पैसाको कारोबार गरेर गर्दै आएको थियो । यी सेवाबाट उसले धेरै भरोसा राखेको थियो । एकदिन उसलाई ईसेवाबाट एउटा अनजान व्यक्तिको फोन आयो, उसले फोन उठाएर हेलो भन्यो ।

“हेलाे”

“हजुर”

“को बोल्नुभयो होला” ?

“म ईसेवाको म्यानेजर हुँ । तपाईलाई रु.५००० बोनस परेको छ ।”,उताबाट जवाफ आयो । “हो र !”,सन्देशले भन्यो ।

“हो, के तपाईले एकचोटि स्क्रिन सेयर गर्न सक्नुहुन्छ ?

“हुन्छ”, यसरी नै सन्देशले स्क्रिन सेयर गर्यो ।

त्यस मान्छेले सन्देशलाई उसको बैंक अकाउन्ट दिन भन्यो र मनि ट्रान्सफर गर्नका लागि पासपोर्ट पनि चाहिन्छ भनेर भन्यो । तर अचम्म, पासपोर्ट भनेको केही छिन् मै त्यस अनजान व्यक्तिले फोन काट्यो । सन्देशले कयौँ पल्ट फोन गरे तर फोन उठेन । त्यसपछि उसले आफ्नो बैंक अकाउन्ट हेर्यो । उसको बैंक अकाउन्टमा मात्र रु.३०० बचेको थियो । उसको ३० हजार थियो । सन्देश आश्चर्यचकित भएर अतालिन थाल्यो । उसकी बहिनी बैंकमा काम गर्ने भएको हुनाले उसले बहिनीलाई सबै कुरा बतायो । बहिनीले तुरुन्त इसेवामा फोन गरिन् । इसेवाबाट कुनै पनि फोन आएको छैन । इसेवामा कसैले पनि त्यस्तो गर्दैन भनेर जवाफ आयो । । त्यसपछि बहिनीले पक्कै पनि कुनै पनि मानिसले दाइलाई ठगेको हुनुपर्छ भन्ने कुरा अनुमान लगाइन् । उनले पुलिस रिपोर्ट गरिन् । पुलिसले सर्वप्रथम त्यो नम्बर खोजेर नम्बरबाट लोकेसन ट्रयाक गर्यो । त्यहाँ खोज्यो त फरार थियो । सन्देशले गाउँमा ऋण तिर्न भनेर राखेको पैसामा ठगिएपछि ऊ अक्क न बक्क थियाे ।

पुलिसले सन्देशलाई ठगलाई अवश्य भेट्ने छाैँ भनेर सहानुभूति दियो तर एक महिनासम्म पनि ठग भेटिएन । एक महिनासम्म फोनबाट ट्रयाक गर्दागर्दै पुलिसले बल्लतल्ल त्यो ठगलाई भेटायो । त्यस ठगलाई पक्राउ गर्यो ।

सन्देशले अब मोबाइल र इसेवा चलाउन राम्रोसँग जानेको थियो । उसलाई त्यसरी नै झुकाउने मानिसहरू अवश्य आए तर सन्देशले उनीहरूको फोनलाई मतलब नगरी अगाडि बढ्यो । उनले चिया पसलबाटै राम्रो व्यापार गर्यो । उसको चिया पसलले विश्वमै चर्चा पायो र विश्वका अनेक कुनामा उसको चिया पसल स्थापित भयो । जसले उसलाई धनी बनायो । यसको प्रति उत्तरमा विगत १० वर्षदेखि डेरामा बस्दै आएको सन्देशले एउटा काठमाडौँमा ठुलो घर बनायो । उसले नेपाल साइबर ब्युरोमा पनि काम गर्दै विभिन्न खतरनाक खतरनाक खराब ह्याकरहरुलाई पत्ता लगाएर पुलिसको जिम्मा लगाउन सफल भयो । उसले साइबर अपराध अन्त्य गर्न पनि ठुलो भूमिका निभायो ।

0 reads

Published on 12/30/2025

Image

Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambid Dhakal

Grade 8

Roll No: 2029031

17

More Articles from

Student

Underline