अन्धविश्वास
“म अब गएँ है,” सन्देशले आफ्नी बहिनीलाई भन्यो।
सन्देश एक भान्छे थियो । काठमाडौँको याला क्याफेमा खाना पकाउने गर्थ्यो । मेहनत र इमान्दारिताका साथ खाना पकाउँथ्यो । उसले पकाउने मीठा–मीठा चाउमिन र मोमोले रेस्टुरेन्टमा आउने मानिसहरूको मन तानेको थियो ।
सन्देशले याला क्याफेमा काम गर्दा पैसा पनि राम्रै कमाइरहेको थियो । उसको सीप र क्षमता क्याफेका म्यानेजरहरूले राम्रोसँग थाहा पाएका थिए। मिठो बोलेर सबैको मन जित्ने सन्देश उत्तिकै सुन्दर र ज्ञानी पनि थियो। सन्देशको घरमा एक बहिनी थिइन् र उनका दाइ विदेशमा खाडी मुलुकमा काम गर्थे। सन्देशका बुबाआमा भने पोखरामा आफ्नै गाउँमा हुनुहुन्थ्यो। सन्देश उसकी बहिनीसँग काम खोज्नका लागि काठमाडौँ आएको थियो।
सन्देश २४ वर्षको थियो । उसले क्याफेमा काम गरेको करिब पाँच वर्ष भइसकेको थियो। ऊसँग प्रशस्त पैसा थियो। बहिनीले पनि बैँकमा काम गर्थिन्। बिस्तारै केही पैसा कमाउन थालेपछि सन्देशले आफ्नै चिया पसल खोल्यो, जसको नाम उसले “सन्देश स्वादिष्ट चिया पसल” राख्यो। उक्त चिया पसल भर्खरै खोलेको हुनाले उसले विभिन्न सामाजिक सञ्जालमा त्यसको प्रचार गर्न थाल्यो। बिस्तारै उसको पसलमा मानिसहरू आउन थाले। उसको पसलमा चियाका विभिन्न प्रकार पाइन्थे। सन्देशको पसलमा फोनपे सेवाको पनि राम्रो व्यवस्था थियो।
सन्देशले लामो समयदेखि यी सेवामार्फत आर्थिक कारोबार गर्दै आएको थियो। याे सेवाप्रति उसले धेरै भरोसा राखेको थियो। एकदिन उसलाई ईसेवाबाट भन्दै एउटा अनजान व्यक्तिको फोन आयो। उसले फोन उठाएर ‘हेलो’ भन्यो ।
“हेलो ।”
“हजुर।”
“को बोल्नुभएको होला ?”
“म ईसेवाको म्यानेजर हुँ। तपाईँलाई रु. ५००० बोनस परेको छ,” उताबाट जवाफ आयो।
“हो र !” सन्देशले भन्यो।
“हो, के तपाईँले एकचोटि स्क्रिन सेयर गर्न सक्नुहुन्छ?”
“हुन्छ।”
यसरी नै सन्देशले स्क्रिन सेयर गर्यो । त्यस मानिसले सन्देशलाई उसको बैँक खाता नम्बर दिन भन्यो। साथै, पैसा ट्रान्सफर गर्न पासवर्ड पनि चाहिन्छ भनेर भन्यो तर अचम्म ! केही छिनमै त्यस अनजान व्यक्तिले फोन काट्यो। सन्देशले कैयौँ पटक फोन गर्यो, तर फोन उठेन। त्यसपछि उसले आफ्नो बैंक अकाउन्ट हेर्यो। उसको बैंक अकाउन्टमा मात्र रु. ३०० बाँकी थियो। पहिले त्यहाँ रु. ३० हजार थियो।
सन्देश आश्चर्यचकित भयो र अतालिन थाल्यो। उसकी बहिनी बैँकमा काम गर्ने भएकाले उसले बहिनीलाई सबै कुरा बतायो । बहिनीले तुरुन्त ईसेवामा फोन गरिन् । ईसेवाबाट “हामीले कुनै फोन गरेका छैनौँ र ईसेवामा कसैले पनि यसरी जानकारी माग्दैन” भन्ने जवाफ आयो । त्यसपछि बहिनीले पक्कै पनि कसैले दाइलाई ठगेको हुनुपर्छ भन्ने अनुमान गरिन्। उनले प्रहरीमा उजुरी दर्ता गरिन्।
प्रहरीले सर्वप्रथम त्यो नम्बर खोजेर लोकेसन ट्र्याक गर्यो । त्यहाँ पुगेर खोज्दा ठग फरार भइसकेको थियो। गाउँको ऋण तिर्न भनेर राखेको पैसा ठगिएपछि सन्देश अक्क न बक्क भयो।
प्रहरीले सन्देशलाई “ठग अवश्य भेटिन्छ” भनेर सहानुभूति दियो तर एक महिनासम्म पनि ठग भेटिएन । लगातार फोन ट्र्याक गर्दै जाँदा प्रहरीले बल्लतल्ल त्यो ठगलाई भेट्टायो र पक्राउ गर्यो।
त्यसपछि सन्देशले मोबाइल र ईसेवा सुरक्षित तरिकाले चलाउन सिक्यो । उसलाई फेरि पनि त्यस्तै झुक्याउने मानिसहरूले फोन गरे, तर सन्देशले उनीहरूको कुरालाई मतलब नगरी आफ्नो काममा अघि बढ्यो।
उसले चिया पसलबाट राम्रो व्यापार गर्यो । उसको चिया पसल विश्वमै चर्चित भयो र विश्वका विभिन्न ठाउँमा उसका शाखा खुले । जसले उसलाई धनी बनायो । विगत १० वर्षदेखि डेरामा बस्दै आएको सन्देशले काठमाडौँमा ठुलो घर बनायो । पछि उसले नेपाल साइबर ब्युरोमा पनि काम गर्न थाल्यो र विभिन्न खतरनाक ह्याकरहरूलाई पत्ता लगाएर प्रहरीको जिम्मा लगाउन सफल भयो । उसले साइबर अपराध अन्त्य गर्न ठुलो भूमिका निभायो ।
0 reads
Published on 5/18/2026
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 9
Roll No: 2029031
17
More Articles from
Student