हाेली
हाेली रङै रङको चाडपर्व हो। होलीमा पिच्कारीमा पानी र रङ हालेर खेल्न सकिन्छ। मलाई होली खेल्न रमाइलो लाग्छ । हाेलाीलाई फागु पूर्णिमा पनि भनिन्छ। हाेली एक अर्कालाई पानी र रङ छ्यापेर मनाइन्छ तर हामीले नचिनेको मान्छेलाई छ्याप्नु हुँदैन। हामीले आफ्ना साथीहरूसँग मात्रै हाेली मनाउनुपर्छ। हाेली मलाई मन पर्ने दोस्रो पर्व पनि हो । याे चाड वर्षमा एकचोटि मात्रै आउँछ। त्यसैले हामीले होलीमा धेरै रमाइलो गर्नुपर्छ। होलीमा म साथीहरूसँग रमाइलो हुने गरी खेल्छु । हाेलीलाई हिन्दूको लोकप्रिय चाड पनि भनिन्छ। म होली खेल्ने बेलामा हाेलीकै लुगा लगाउँछु । अघिल्लाे वर्ष कोरोनाका कारण मैले हाेली धेरै खेल्न पाइनँ। यसपालि पनि मैले होली खेल्न नपाउने सम्भावना छ किनभने कोरोनाका संक्रमितहरू अझै छन् र अझै पनि कोराेना फैलिरहेको छ ।
0 reads
Published on 3/1/2021
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 3
Roll No: 2029031
17
More Articles from
Student