मलाई मनपर्ने फूल
फूलबारीमा विभिन्न प्रकारका फूलहरू हुन्छन् । तीमध्ये मलाई मन पर्ने फूलको नाम सूर्यमुखी हो । सूर्यमुखी पहेलो रङको हुन्छ । सूर्यमुखी फूल बिहान सूर्य उदयपछि फुल्दछ । यो सूर्यजस्तै देखिने भएको हुनाले यसलाई सूर्यमुखी भनिएको हो । सूर्यमुखी फूल धेरैजसो तराईमा पाइन्छ । यो फूलबाट तेल उत्पादन गर्न सकिन्छ । यसको तेल चिल्लो कम हुने गर्दछ । त्यसैले मानिसहरू यसको तेललाई मन पराउँछन् । यो फूललाई औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । सूर्यमुखी फूल अत्यन्तै राम्रो हुन्छ र यस फूलले हाम्रो वरपरको वातावरणलाई सुन्दर बनाउँछ ।सूर्यमुखी फूलको अर्को नाम हेलिएन्थस अ्यान्युअस हाे । जतातिर सूर्य उदाउँछ त्यतातिर फर्केर फुल्ने भएको हुनाले यसलाई सूर्यमुखी फूल भनिन्छ ।
0 reads
Published on 9/16/2020
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 3
Roll No: 2029031
17
More Articles from
Student