राष्ट्रिय जनावर गाई
गाई हाम्रो राष्ट्रिय जनावर हाे । गाईले घाँस खान्छ । गाईलाई गोठमा राखिन्छ । गाईले दुध दिन्छ र यसको दुध धेरै पोसिलो हुन्छ । नेपालका धेरैजसो हिन्दु धर्म मान्ने मानिसहरूले गाईलाई पूजा गर्छन् । गाईको गहुँत र गाेबर धेरै कामका लागि आवश्यकता पर्छ। गाईको गहुँतलाई पूजामा चोखो बनाउनका लागि पनि प्रयोग गरिन्छ । गाईको गोबर घरलाई सफा पार्न, लिपपोत गर्न र मलको रूपमा खेतबारीमा राख्न पनि प्रयोग गरिन्छ । गाईका बच्चा बच्चीलाई बाच्छा बाच्छी भनिन्छ । जुनसुकै पूजा गर्दा पनि सबैभन्दा अगाडि गोदान भनेर गाईको पूजा गर्ने र दान गर्ने चलन छ । गाईलाई हामी तिहारमा पनि पूजा गर्छाैँ किनभने गाईलाई हामी लक्ष्मीको प्रतीककाे रूपमा सम्मान र पूजा गर्छाैँ । त्यसैले गाई हाम्रा लागि धेरै उपयोगी र सुन्दर जनावर हो ।
0 reads
Published on 10/7/2020
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 3
Roll No: 2029031
17
More Articles from
Student