underline

परिवर्तन

Underline

Share:

परिवर्तन

समयकाे एउटा रफ्तारसँगै

आँट र साहसका पाइलासँगै

एउटा ठुलो सपना बोकेरआज बदलिँदै छ देश

विगतका कठोर पलहरुलाई बिर्सिएर

उक्लँदै छ देश आफ्नै गतिमा

कुनै समयमा त्यही जनताका पैसाहरू लुटिन्थे

तर, अब बदलिँदै छ देश

विगतका घटनालाई मेट्न चाहन्छ देश ।

तर, अफसोस

रित्तिएका आमाका कोखहरु कहिल्यै फर्किने छैनन्

ती युवकका छातीका गोलीका दाग कहिल्यै मेटिने छैनन्

सपना बोकेर हिँडेका युवाहरूको सपना

थाहा छैन कता बिलाएर गयो

तर, आशा छ देशमा चाँडै परिवर्तनको बाटो देख्न पाइने छ।

त्यो बाटोमा युवाहरूका जोशिला पाइला देख्न पाइने छ।

विगतमा देश चलाउने वृद्ध युवकहरू

स्वास्थ्य बिग्रियो भन्दै जनताका पसिना माटोमा मिलाउनेहरू

जनताको वीरता देखेर अब गइसकेका छन्

सत्तामा स्वस्थ र स्वच्छ मन भएका आइसकेका छन्।

कुनै समयमा

यो त्यही देश थियो जसको अगाडि ठुलाठुला देश झुक्थे

तर, खै अब त देशमा थुक्न पनि मन लाग्दैन होला

यही भन्ने युवाहरू बिदेसिँदै गए

तर, अझै पनि लाग्छ धैर्य गर्नेहरूको लागि पनि सरकारले केही गर्छ

परिवर्तनको ठुलो लहर ल्याउँछ।

अनि सगरमाथा जस्तै देशको शिर पनि उँचो बनाउँछ ।

जग्गा हडप्नेका घर भत्किसकेका छन्

संसदका मञ्चमा नयाँ विचार आइसकेका छन्

वीरता देखाउने व्यक्तिहरू राष्ट्रमाझ पुगिसकेका छन्।

जनताका मेहनत र पसिनाको फल पचाउनेहरू

लाज पचाएर कैदी भइसकेका छन्

अब लाग्छ जनताको भावना बुझ्ने जेन्जी सरकार आएको छ।

जसले देशमा ठुलो परिवर्तन ल्याउने छ

अनि, लाग्छ जापान अमेरिका र युरोपको बिच

नेपाल पनि खडा हुने छ

ताराहरूबिचका चन्द्रमा जस्तै ।

0 reads

Published on 7/22/2026

Image

Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambid Dhakal

Grade 9

Roll No: 2029031

17

More Articles from

Student

Underline