भगवान् श्रीकृष्ण
विश्वमा धेरै भगवान् छन् । तीमध्ये मलाई मन पर्ने भगवान् श्रीकृष्ण हुन् । कृष्णकी आमाको नाम देवकी हो तर उनलाई यशाेदाले हुर्क्याएकी हुन् । उनको बुवाको नाम वासुदेव हाे । भगवान् श्रीकृष्णको जन्म भारतको मथुरा सहरमा भएको थियो । उनकाे जन्म भाद्र शुक्ल अष्टमीकाे दिन भएको हो । वासुदेवलाई कंसले कारागारमा राखेका थिए । वासुदेवले आफ्नो छोरालाई कंसबाट बचाउन खोजे। वासुदेवले रातिको समयमा कृष्णलाई लिएर बाहिर निस्किए । उनी बाहिर निस्किन खोज्दा जेलका ढोकाहरू आफैँ खुलेका थिए ।
उनको बाल्यकाल गोकुलमा बितेको थियो । उनी सानाेमा दही चाेरेर खान्थे । उनको मिल्ने साथी सुदामा थिए र उनको दाइ बलराम थिए । उनले सान्दिपिनी गुरुसँग शिक्षा लिएका थिए । उनले मयूरको प्वाँख लगाउने गर्दथे । कृष्णसँग सुदर्शन चक्र थियो । त्यस चक्र उनलाई परशुरामले दिएका थिए। जब कसैले अन्याय गर्थ्यो उनले त्यसै चक्रको प्रयोग गरेर त्यस व्यक्तिलाई मारी नै दिन्थे । उनका हजारभन्दा बढी नामहरू छन् । कृष्णले कंस, तारकासुर जस्ता खराब व्यक्तिहरूको वध गरी शान्ति कायम गरे । उनले कौरव र पाण्डवकाे युद्धमा सत्यको पक्ष लिने पाण्डवलाई जिताए ।
0 reads
Published on 9/21/2020
Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambid Dhakal
Grade 3
Roll No: 2029031
17
More Articles from
Student