underline

यसपालिको दसैँ

Underline

Share:

नेपालमा धेरै चाडपर्वहरू मनाइन्छन् । तीमध्ये दसैँ हिन्दुहरूको सबैभन्दा ठूलो चाड हो । दसैँमा टाढा टाढा भएका मानिसहरू आफ्नो घर आएर आफूभन्दा ठूला मान्यजनसँग टीका र जमरा लाउँछन् र आशीर्वाद लिन्छन् । विश्वका मानिसहरूले कोरोनाका कारण दुःख पाएको हुनाले यसपालिको दसैँ  त्यति रमाइलो हुन सकेन किनभने म गाउँमा गएर आफ्नो हजुरबुबा र हजुरआमाकाे हातबाट टीका लगाउन पाइन । त्यसैले मैले घरमै बसेर टीका लगाएँ । भक्तपुरमा दिदी भिनाजु पनि हुनुहुन्थ्यो तर  उहाँहरू आउनुभएन त्यसैले मलाई साह्रै नरमाइलो लाग्यो तर काका काकी चाहिँ आउनुभयो । मैले काका काकी र बाबाको हातबाट टीका लगाए तर मैले मामुको हातबाट टीका लगाउन पाइन किनभने मामुको ठुलीआमा बित्नु भएको थियो । टीका र जमरा लगाए पछि हामीले खाना खायौँ । काका काकी पनि एकैछिनमा हिँड्नुभयो । यसरी नै यसपालिको दसैँ बित्याे ।

0 reads

Published on 12/14/2020

Image

Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambid Dhakal

Grade 3

Roll No: 2029031

17

More Articles from

Student

Underline