मेरो दसैँ
दसैँ नेपालीहरूको ठूलो चाड हो । दसैँमा नयाँ लुगा लगाएँ । दसैँमा जमरा र टीका लगाएँ । म मामाघर गएँ । मेरो मामाघर इटहरी हो । इटहरीमा दसैँकाे मेला हेर्न गएँ । दसैँमा मिठा मिठा खानेकुरा खाएँ । दसैँमा आफूभन्दा ठुलाबाट आशीर्वाद लिएँ । दसैँमा पिङ खेलेँ । मलाई दसैँ एकदमै मन पर्छ । दसैँमा मेरो धेरै पैसा भयो । दसैँमा सबै आफ्नो मान्छेहरूसँग भेट भयो । इटहरीमा रहेको मुक्तिघाट मन्दिर र त्रिवेणी रिसाेर्ट घुम्न गएँ । यसपालिको दसैँ धेरै नै रमाइलो भयो । २०७९ सालको दसैँको बिदापछि पाठशाला खुल्ने भएकाले इटहरीबाट काठमाडौँ आउँदा भने केही नरमाइलो लागेको अनुभव गरेँ ।
0 reads
Published on 2/22/2023
Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shivyana Poudel
Grade 1
Roll No: 34036
18
More Articles from
Student