मेरो शालीनदीको भ्रमण
मेरो शालीनदीको भ्रमण
माघ महिनामा श्री स्वस्थानी परमेश्वरीको दर्शन गर्न म शालीनदी गएकी थिएँ । त्यहाँ मेला लागेको थियो । मैले त्यहाँ गोमाकुटी देखेँ । त्यहाँ एउटा सानो पोखरी थियो । खोला पनि थियो । त्यहाँ धेरै रमाइला कुराहरू मैले देखेँ र धेरै कुरा सिकेँ । एक महिना व्रत लिएर बस्ने मानिसहरू धेरै थिए । म मेरा बाबाआमा र साथीहरूसँग गएकी थिएँ । त्यहाँ गएपछि मेरा मनमा धेरै कुराहरू आए । कसरी यस्तो मन्दिरको निर्माण भयो ? मानिसहरू किन व्रत बसेका होलान् ? आदि मेलामा धेरै खेल्ने कुराहरू पनि राखिएका थिए । मैले खेल्ने कुराहरू खेलेँ । खानेकुराहरू हामी सबैले खायौँ । मलाई शालीनदीमा धेरै रमाइलो लाग्यो ।
1 reads
Published on 6/4/2026
Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shivyana Poudel
Grade 5
Roll No: 34036
18
More Articles from
Student