सकारात्मक विचार
आफूले र अरूहरूप्रति राम्रो सोच्नु नै सकारात्मक विचार हो । हामी आफैँले आफूलाई खुसी र आनन्द सोच्नु र अरुको खुसीमा आफू खुसी हुनु नै सकारात्मक पक्ष हो। जब सकारात्मक विचार हाम्रो मनमा पैदा हुन्छ खुसी र आनन्दले शरीरलाई शक्ति प्राप्त हुन्छ । जुन शक्तिले शरीरलाई र दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ। म सबै काम गर्न सक्छु। म सबै काममा सफल हुन्छु। म संसारमा सबै वस्तुहरू प्राप्त गर्न सक्छु जस्ता विचारहरूले हामीलाई धेरै शक्ति मिल्छ । हामी पौष्टिक आहाराले भरिपूर्ण खाना खाएतापनि विचार नराम्रो भयाे भने विषमा बदल्न सक्छ । त्यसकारण सकारात्मक विचार हाम्रो शरीर, मन र दिमागको लागि सबैभन्दा स्वस्थवर्धक आहारा हो। त्यसैले हामी सबैजनाले आफ्नाे मनमा नकारात्मक विचारलाई आउन दिनु हुँदैन । नकारात्मक विचार मनमा धेरै आयो भने हाम्रो शरीर र दिमागलाई रोगी बनाउँछ। रोगी बनाउन सक्छ त्यसकारण हाम्रो शरीर र दिमागलाई स्वस्थ राख्न पौष्टिक खानाका साथै सकारात्मक विचार महत्त्वपूर्ण हुन्छ।
0 reads
Published on 11/21/2025
Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shivyana Poudel
Grade 4
Roll No: 34036
18
More Articles from
Student