टेलिभिजन
सूचना भनेको ज्ञान, समाचार र सन्देश आदानप्रदान गर्ने हो । प्रविधि भनेको वैज्ञानिक ज्ञान र उपकरणहरूको प्रयोग हो । जसले हाम्रो दैनिक जीवनलाई सजिलो बनाउँछ जस्तैः टेलिभिजन, मोबाइल, कम्प्युटर, पत्रपत्रिका आदि । टेलिभिजन एउटा वैज्ञानिक प्रविधि हो । यसको आविष्कार धेरै पहिला भएको थियो । टेलिभिजनमा हामीले शैक्षिक कार्यक्रम, स्वास्थ्य कार्यक्रम र अन्य कार्यक्रमबाट ज्ञानका कुराहरू जानकारी पाउन सक्छौँ । टेलिभिजनमा समाचार, खेलकुद, देशविदेशका ताजा समाचार हेर्न सकिन्छ। हामीले विशेषगरी टेलिभिजन मनोरञ्जनका लागि प्रयोग गर्छौं जस्तैः सिनेमा, कार्टुन, नाचगान आदि हेर्न सक्छौँ । टेलिभिजनबाट हामीले धेरै राम्रा कुराहरू सिक्न सक्छौँ। यसले हाम्रो जीवनमा एक महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। टेलिभिजन हेर्नु राम्रो भएपनि यसको सही प्रयोग गर्नुपर्छ। धेरै समयसम्म टेलिभिजन हेर्दा आँखा दुख्ने र पढाइलाई असर गर्न सक्छ त्यसैले हामीले समयको राम्रो ख्याल राखी हामीलाई चाहिने कार्यक्रम हेर्न र असल कुराहरू मात्र ज्ञान लिने गर्नुपर्छ ।
0 reads
Published on 11/13/2025
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 4
Roll No: 34001
22
More Articles from
Student