भाटभटेनीः पुस्तक समीक्षा
परिचयः यस भाटभटेनी कथाको पुनर्कथन ध्रुव घिमिरेले गर्नुभएको हो । यस कथाकाे चित्रकार एकाराम सिंह हुनुहुन्छ । यस पुस्तकलाई बालसंसार प्रा.लि ले प्रकाशन गरेको हो । यस पुस्तकमा बिस पृष्टहरू रहेका छन् ।
कथावस्तुः चित्रकथामा चिलले भिल्ल नामको बालकलाई झुन्ड्याएर आकाशतिर लान्छ । उसका मातापिता बारीमा काम गर्दै हुन्छन् । आफ्नो छोरालाई चिलले लगेको देखेर चिलको पछिपछि दौडँदै जान्छन् । यो खबर कान्तिपुरका राजा ब्रह्मदेव कहाँ पुग्छ र बालकका मातापितालाई राजाले दरबारमा बोलाउँछन् । भाटभटेनीले राजालाई बिन्ती गरेर परदेशीले आफ्नो छोरालाई हेरचाह राम्रोसँग नगरेको कारणले लगेको र परदेशीलाई सजाय दिन माग गर्छन् । राजाले परदेशीलाई सोधपुछका लागि दरबार बोलाउँछन् । परदेशीले निडर भई चिलले पन्जाले च्यापेर उडाएको कुरा सुनाउँछ । यसै बिचमा परदेशीले आफू तीर्थयात्रा गएको र १२ वर्षपछि आएको कुरा बताउँछ । तीर्थयात्रा जानुअघि फलामको ढुङ्ग्रो भाटभटेनीको जिम्मा लगाएको र त्यो नासो फिर्ता माग्दा मातापिताले ढुङ्ग्रो घुनले खाएको भन्ने गरेकाे कुरा राजालाई बताउँछन् । भाटभटेनी राजासँग डराएर थरथर काम्दै रुन्छन् । मातापिताले शुद्धदेवको फलामको ढुङ्ग्रो फिर्ता गर्दिने तर छोरालाई चाहिँ घर ल्याइदिनुपर्ने बिन्ती गर्छन् । शुद्धदेवले मन्त्र गुनगुनाएर चिललाई तल बोलाए । चिलले बालकलाई तल छोडेर आकाशतिर उड्छ। छोरालाई देखेर भाटभटेनी खुसी हुन्छन् तर शुद्धदेवले ढुङ्ग्रो भित्र सुनका डल्लैडल्ला नभएको र भाटभटेनीले झुट बोलेको बताउँछन् । शुद्धदेवले भाटभटेनीलाई कडा सजाएको माग गर्छन् । राजाको आदेशबाट भाटभटेनीलाई सजाय दिइन्छ। उनीहरूकाे पुतला मन्दिरभित्र झुन्ड्याइन्छ । त्यसै बेलादेखि मन्दिरको नाम भाटभटेनी रहन गयो ।
निष्कर्षः यो कथा पढ्दा मलाई धेरै रमाइलो लाग्यो । चित्रहरू पनि धेरै राम्रा र रङ्गीचङ्गी छन् । यो कथा जति पढे पनि पढिरहौँ जस्तो लाग्छ।
0 reads
Published on 10/8/2025
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 4
Roll No: 34001
22
More Articles from
Student
