कोरोना
काेराेना भाइरस चाइना सहरबाट आएको रोग हो । यसलाई काेभिड-१९ पनि भनिन्छ । यो रोग लागेपछि मान्छेहरू बिरामी पर्छन् । यो राेग अहिले विश्वका धेरै देशहरूमा फैलिसकेको छ । नेपालमा पनि यसको दोस्रो लहर आइरहेको छ । यस रोगको औषधी भने पत्ता लागिसकेको छैन तर यस रोगको खाेप केही मात्रामा बजारमा आइसकेको छ । कोरोनाले गर्दा हामी एक वर्षदेखि स्कुल जान पाएका छैनाैँ । हामीले आफ्ना साथीहरूसँग भेट्न पनि पाएका छैनाैँ । हामीले आफ्ना गुरु गुरुआमासँग पनि भेटघाट गर्न पाएका छैनौँ । म पनि आफ्ना साथीहरूसँग भेट्न चाहन्छु । उनीहरूसँग खेल्न चाहन्छु । अब कोरोना रोग हटेपछि हामी साथीहरूसँग भेट्छाैँ भन्ने मैले आशा लिएकी छु ।
0 reads
Published on 7/6/2021
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarika Jha
Grade 3
Roll No: 31003
28
More Articles from
Student