underline

चितवन घुमघाम

Underline

Share:

म चितवन घुम्न गएकी थिएँ । हामी सबै परिवार सँगै गएका थियौँ । पहिला म चितवनको गाउँ गएँ ।  त्यहाँ मैले धेरै जनावरहरू देखेँ । मैले घरमा आएर हजुरबा र हजुरआमालाई ढोगेँ । चितवनमा धेरै घुमेपछि मैले त्यहाँ आराम पनि गरेँ । चितवन रमाइलो रहेछ । प्रकृतिले आशीर्वाद दिएको यो ठाउँमा पर्यटकहरूले भरिभराउ रहेको पाएँ । चितवनमा भएका जङ्गली जनावर हेर्दा मलाई निकै रमाइलो लाग्यो । जमिनहरू सम्म परेका थिए । चितवन राष्ट्रिय निकुञ्ज घुम्दा र जनावरहरूलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै आनन्द भयो ।

0 reads

Published on 6/3/2021

Image

Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarika Jha

Grade 3

Roll No: 31003

28

More Articles from

Student

Underline