आमाको माया
आमाको माया
आमाको माया मिठाे जूनघामभन्दा प्यारो
हाम्राे रक्षा गर्नुहुन्छ नमानी कत्ति गाह्राे ।
बिहान चाँडै उठेर काममा लाग्नुहुन्छ
हाम्रो सुखका लागि सधैँ हाँसेर जिउनुहन्छ ।
भोक लाग्दा खाना दिने बिरामी हुँदा स्याहार सुसार गर्ने
आफ्ना सारा खुसी त्यागी सन्तानका बारेमा साेच्ने ।
आमाको न्यानो काखमा संसारै रमाइलो
उहाँको मायाबिना जीवन हुन्छ अधुराे ।
गल्ती गर्दा सम्झाउने राम्रो बाटो देखाउने
सत्य र मेहनतको शिक्षा सधैँ हामीलाई सिकाउने ।
आमाको सम्मान गरौँ कहिल्यै मन नदुखाऔँ
उहाँको माया सम्झेर जीवन उज्यालो बनाऔँ ।
1 reads
Published on 7/23/2026
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarika Jha
Grade 8
Roll No: 31003
28
More Articles from
Student