मेरी प्यारी दिदी
मेरी दिदीको नाम सपना मिश्रा हो । उहाँ २१ वर्षकी हुनुहुन्छ । उहाँ धेरै सुन्दर हुनुहुन्छ । उहाँमा मानिसहरूलाई हँसाउने प्रतिभा छ। उहाँसँग नेतृत्व गर्ने गुण पनि छ । उहाँ लेखन सिपमा धेरै राम्रो हुनुहुन्छ । उहाँलाई यात्रा मन पर्छ । उहाँ मेरी मनपर्ने दिदी हुनुहुन्छ। उहाँ बुटवलमा हुनुहुन्छ । म साँच्चै बुटवल जान चाहन्छु र उहाँलाई भेट्न चाहन्छु । उहाँसँग मेरो कारमा रमाइलो गर्दै यात्रामा जान चाहन्छु । उहाँको लक्ष्य सरकारी अधिकारी बन्ने हो। उहाँ हाम्रो देशको सेवा गर्न चाहनुहुन्छ । उहाँसँग नाच्ने, गाउने र चित्र बनाउने गरप्रतिभा छ। उहाँ प्रकृतिमा बढी समय बिताउन चाहनुहुन्छ र प्रकृतिको बारेमा लेख्न मन पराउनुहुन्छ । दिदीले मलाई राम्रा राम्रा कुराहरू सिकाउनुहुन्छ । ज्ञानी, असल र अनुशासित हुनुपर्छ है भनेर पनि सम्झाउनुहुन्छ ।
0 reads
Published on 9/25/2023
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarika Jha
Grade 5
Roll No: 31003
28
More Articles from
Student