महाकवि देवकोटा
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ सालमा भएको थियो । महाकवि देवकोटाको वास्तविक नाम लक्ष्मीप्रसाद देवकोटा हो । उहाँ लक्ष्मीपूजाकाे दिन जन्मिनुभएको हुनाले उहाँको नाम लक्ष्मीप्रसाद देवकोटा भएको थियो । उहाँकी आमाको नाम अमर राज्यलक्ष्मी देवी हाे । उहाँको बुबाको नाम तिलमाधव देवकोटा हो । उहाँले नेपाली साहित्य क्षेत्रमा धेरै कविता, कथा, निबन्धहरू लेख्नुभएको छ । उहाँले मुनामदन भन्ने पुस्तक पनि लेख्नुभएको हो । त्यो पुस्तक सबैभन्दा धेरै मानिसहरूले मन पराएको र बिक्री भएको पुस्तक हो । महाकवि देवकोटालाई जीवनमा धेरै दुःख परेको थियो । उहाँले पछि गएर पागल कविता पनि रचना गर्नुभएको थियाे । महाकवि देवकोटाले मर्ने बेलामा मेरा सबै पुस्तक जलाइदिए पनि हुन्छ तर मुनामदन नजलाइदिनु भन्नुभएको थियो ।
0 reads
Published on 7/28/2022
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarika Jha
Grade 4
Roll No: 31003
28
More Articles from
Student