नेपालको अवस्था
नेपालको अवस्था
नेपाल एक सानो तर सुन्दर देश हो । हिमाल, पहाड र तराई गरी तीनवटा भौगोलिक क्षेत्रहरूबाट बनेको नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवले भरिपूर्ण छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही देशमा पर्छ । यस्तै, लुम्बिनी बुद्धको जन्मस्थल हो । जसले नेपाललाई विश्वभर चिनाएको छ ।
नेपालको हालको अवस्था धेरै कुरामा निर्भर गर्छ । जस्तैः कृषि, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, खाद्यान्न आदि । आजको नेपाल विकासको बाटोमा अघि बढ्दै गरेको देश हो । धेरै ठाउँमा बाटो, पुल, स्कुल र अस्पताल बन्न थालेका छन् । गाउँगाउँमा बिजुली पुगेको छ र इन्टरनेट सेवा पनि विस्तार भइरहेको छ ।शिक्षाको अवस्था अघिल्लो दशकको तुलनामा राम्रो हुँदै गएको छ । धेरै बच्चाहरू विद्यालय जान थालेका छन् । यद्यपि, केही गाउँमा अझै पनि राम्रो विद्यालय र शिक्षकको कमी छ । स्वास्थ्य सेवा पनि विस्तार हुँदै गएको छ तर दुर्गम ठाउँहरूमा अझै पनि राम्रो उपचार पाउन गाह्रो छ ।
राजनीतिक रूपमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ । अहिले देशमा प्रदेश सरकार र स्थानीय तह पनि काम गरिरहेका छन् । यसले विकासलाई जनताको नजिक पुर्याउने उद्देश्य राखेको छ तर नेपालले अझै केही समस्या समाधान गर्न बाँकी छ । बेरोजगारी, गरिबी, भ्रष्टाचार र वातावरणीय प्रदूषणजस्ता समस्या छन् । यी समस्याको समाधान गर्न सबै नेपालीले मिलेर काम गर्न आवश्यक छ ।
अन्त्यमा भन्नुपर्दा, नेपाल एक सम्भावनाहरूले भरिएको देश हो । हाम्रो देश सुन्दर मात्र होइन, साँच्चिकै सक्षम बन्न सक्छ यदि हामी सबैले आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्यौं भने । नेपाललाई समृद्ध र सुन्दर बनाउन हामी विद्यार्थीहरूले पनि पढाइमा मिहिनेत गर्नुपर्छ र देशप्रति सच्चा प्रेम राख्नुपर्छ ।
0 reads
Published on 6/11/2026
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarika Jha
Grade 8
Roll No: 31003
28
More Articles from
Student