underline

गौतम बुद्ध

Underline

Share:

गौतम बुद्ध नेपालको रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा जन्मिएका थिए । उनको वास्तविक नाम सिद्धार्थ गौतम थियो । उनी बुद्ध धर्मका संस्थापक हुन् । उनी दक्षिण एसियाका एक धार्मिक गुरु तथा तपस्वी थिए ।  बुद्धको अनुशासन, अहिंसा र सत्यको उपदेशका कारण उनले बुद्ध धर्मकाे स्थापना  गर्न सफल भएका हुन् । गौतम बुद्ध ईशापूर्व ५६२ मा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रको रूपमा जन्मिएका थिए । उनको जन्मपछि आमाको निधन भएकाले उनको पालन पोषण उनकै सानिमाले गरिन् । उनले विवाह गरेपछि एउटा छोराको जन्म भयो । लगभग २९ वर्षको उमेरमा दरबारकाे सुख सुविधा, धन सम्पत्ति सबै चिज त्यागेर उनी तपस्यामा बसे । कठोर तपस्यापछि उनले ज्ञान प्राप्त गरे । उनले आफूले प्राप्त गरेको ज्ञान संसारभरि बाँड्न थाले । उनले दिएका शान्तिका सन्देशहरू विश्वभरि फैलिएका छन् ।

0 reads

Published on 7/4/2024

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 5

Roll No: 32035

33

More Articles from

Student

Underline