मलाई मन पर्ने खानेकुरा
मलाई मांसाहारी र शाकाहारी दुवै खानेकुरा मन पर्दछ । जसमध्ये मलाई मांसाहारीमा चिकेन र शाकाहारीमा फलफूल मन पर्छ । मांसाहारी आहारमा धेरै आइरन, प्राेटिन, भिटामिन र मिनरल्स उच्च मात्रामा पाइन्छ । चिकेन प्राेटिनकाे ठुलाे स्राेत हाे । यसले हाम्राे शरीरमा स्टामिनाकाे विकास गर्न फाइदाजनक हुन्छ साथै शरीरकाे राम्राे वृद्धि र विकास गर्दछ । त्यसैले मलाई मांसाहारी आहार मन पर्छ । फलफूल पनि हाम्राे शरीरकाे लागि त्यत्ति नै महत्त्वपूर्ण हुन्छ । फलफूलमा भिटामिन, मिनरल र फाइबरकाे मात्रा धेरै हुन्छ । जस्तै, भिटामिन ‘सी’ र ‘ई’ जसले राेगहरूसँग लड्ने क्षमता बढाउँछ । साथै यसले हाम्राे शरीरकाे विकास गर्न र स्वस्थ राख्न धेरै मदत गर्छ । त्यसैले मलाई फलफूल पनि धेरै मन पर्छ ।
0 reads
Published on 7/21/2022
Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaron Singh
Grade 3
Roll No: 32035
33
More Articles from
Student