underline

मन पर्ने खेल

Underline

Share:

मलाई मन पर्ने खेल पौडी हो । पौडी खेल्नु शरीरको लागि राम्रो मानिन्छ । पानीमा तैरिएर अगाडि बढ्ने खेललाई पौडी भनिन्छ । पौडी खेल्दा हाम्रो शरीर स्वस्थ र बलियो हुन्छ । पौडी खेल्न धेरै अभ्यास गर्नुपर्छ । म सानो हुँदा मेरो बाबाले मलाई पाैडी खेल्ने ट्युब ल्याइदिनुभएको थियो । म त्यसमा पानी हालेर रमाउँदै पौडी खेल्ने प्रयास गर्थेँ तर मलाई बिना स्विमिङ ट्युब पौडी खेल्न आउँदैन । मलाई पाैडी खेल्न धेरै मन पर्ने भएकोले मलाई पौडी सिक्न मन लागेको छ । भनिन्छ कि राम्रो पौडी खेल्न सक्नेले आफूलाई डुब्‍नबाट बचाउन सक्छ र अरुलाई पनि डुब्‍नबाट बचाउन सक्छ । त्यसैले अब म पौडी खेल्न केही राम्रा प्रशिक्षकसँग सिक्ने प्रयास गर्ने छु ।

0 reads

Published on 11/11/2022

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 3

Roll No: 32035

33

More Articles from

Student

Underline