underline

तिहार

Underline

Share:

हाम्रो समुदायमा धेरै चाडपर्वहरू मनाइन्छ । ती चाडपर्वहरूको आफ्नै महत्त्व हुन्छ । चाडपर्व भन्नाले कुनै खास दिन वा तिथिमा देवीदेवताको पूजाआजा गरी रमाउने दिनलाई चाडपर्व भनिन्छ । हाम्रो समाजमा धेरै प्रकारका चाडपर्व मनाउने गरिन्छ । हाम्रो समाजमा चाडपर्वहरू तिथि र गते अनुसार मनाइन्छ । म सबै चाडपर्वलाई सम्मान तथा महत्त्व दिन्छु तर पनि मेरो समुदायमा मनाइने चाडपर्वमध्ये तिहार मलाई असाध्यै मन पर्ने चाड हो । यो चाड दसैँपछिको ठूलो चाड हो । तिहार कार्तिक कृष्ण त्रयाेदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारका महत्त्वपूर्ण दिनहरूमा पहिलो दिन कागतिहार हाे । तिहारको पहिलो दिनमा कागकाे पूजा गरिन्छ । दोस्रो दिन कुकुरतिहार हो । यस दिन कुकुरको पूजा गरिन्छ । कुकुरले हाम्रो घरको रक्षा तथा सुरक्षा गरोस् भनेर यसको पूजा गरिन्छ । तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । त्यसैले यस दिनलाई गाईतिहार भनिन्छ । यसै दिनको साँझ झिलिमिली बत्ती बालिन्छ । त्यसपछि साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यस दिन केटाकेटीहरू मिली भैलो खेल्ने चलन छ । तिहारको चौथो दिनमा गाेरु पूजा गरिन्छ । नेवार जातिले यो दिन म्हपूजा गर्छन् । यो दिन नेवारले नयाँ वर्ष मनाउने चलन छ । पाँचौँ दिन अर्थात अन्तिम दिनमा भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका तथा मखमली फूलको माला लगाएर मिठा फलफूल दिई लामो आयुको कामना गर्छन् साथै दाजुभाइले पनि दिदीबहिनीलाई आफूले सक्दो दक्षिणा तथा उपहार दिने चलन छ । तिहारमा विभिन्न परिकारका खानेकुरा पकाएर खाने चलन छ । जस्तै: सेल, फिनी रोटी ,अनर्सा आदि । यस दिन घर आँगन सफा गरेर फूलमालाले सजाउने चलन पनि छ । यसरी तिहार पर्व मनाइन्छ ।

0 reads

Published on 11/4/2023

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 4

Roll No: 32035

35

More Articles from

Student

Underline
The Ants On The Hill

The Ants On The Hill

Published 6/2/2022
मलाई मन पर्ने खानेकुरा

मलाई मन पर्ने खानेकुरा

Published 7/21/2022
Roman Empire

Roman Empire

Published 8/25/2022
मन पर्ने खेल

मन पर्ने खेल

Published 11/11/2022
My Family

My Family

Published 11/29/2022
Facts of Airplanes

Facts of Airplanes

Published 12/22/2022
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 2/2/2023
मेरी हजुरआमा

मेरी हजुरआमा

Published 2/8/2023
सूचना र प्रविधि

सूचना र प्रविधि

Published 2/16/2023
Our National Flag

Our National Flag

Published 6/29/2023
Florence Nightingale

Florence Nightingale

Published 7/27/2023
Dr. Sanduk Ruit

Dr. Sanduk Ruit

Published 8/16/2023
Volcanoes

Volcanoes

Published 8/22/2023
Resources on Earth

Resources on Earth

Published 9/8/2023
गाई

गाई

Published 12/6/2023
आमा

आमा

Published 1/24/2024
सप्तरङ्गी इन्द्रेणी

सप्तरङ्गी इन्द्रेणी

Published 3/7/2024
My First Codewalk

My First Codewalk

Published 3/19/2024
Satellites and Astronomy

Satellites and Astronomy

Published 3/20/2024
My Mother

My Mother

Published 4/29/2024
मलाई मन पर्ने कथा

मलाई मन पर्ने कथा

Published 5/17/2024
बाढी र पहिरो

बाढी र पहिरो

Published 6/8/2024
Harry Potter- Chamber of Secrets

Harry Potter- Chamber of Secrets

Published 6/22/2024
गौतम बुद्ध

गौतम बुद्ध

Published 7/4/2024
Otherwise known as Sheila the Great

Otherwise known as Sheila the Great

Published 7/31/2024
Sadako and the Thousand Paper Cranes

Sadako and the Thousand Paper Cranes

Published 8/30/2024
पुस्तकालय

पुस्तकालय

Published 10/30/2024
Rice

Rice

Published 8/22/2025
Ahmedabad Plane Crash

Ahmedabad Plane Crash

Published 8/29/2025
समयकाे महत्त्व

समयकाे महत्त्व

Published 11/3/2025
धार्मिक र सांस्कृतिक सम्पदा

धार्मिक र सांस्कृतिक सम्पदा

Published 12/17/2025
History Of Flight

History Of Flight

Published 7/9/2026
Elon Musk, The First Trillionaire

Elon Musk, The First Trillionaire

Published 7/23/2026
अमेरिकामा विमान दुर्घटना:

अमेरिकामा विमान दुर्घटना:

Published 9/28/2026