underline

समयकाे महत्त्व

Underline

Share:

पात्रहरूः

रमेश ( दश वर्षकाे केटा)

श्याम ( रमेशकाे बुबा)

सीता (रमेशकाे आमा)

संवाद

( रमेश आफ्नाे काेठामा सुतिरहेकाे छ । उनका बुबा आमा भान्सामा कुरा गरिरहनुभएकाे छ )

सीताः आऊ छाेरा । सात बज्न थाेरै समय बाँकी छ । तिमी अहिलेसम्म सुतिरहेका छाै

रमेशः एकछिन पर्खनुहाेस् न । मलाई त सुत्न मन छ ।

श्यामः हुँदैन नि छाेराे ।

रमेशः ल ल म आएँ ।

सीताः (रमेश आएपछि) अब दाँत माझ र हातखुट्टा पनि धुनुपर्छ नि ।

रमेशः हुन्छ,हुन्छ । तर परीक्षा सकिएपछि पनि किन बिहान चाँडाे उठ्नुपर्छ र !

सीताः हामी भन्छाैँ । सुरुमा मैले गर भनेका कामहरू गर ।

रमेशले आमाकाे कुरा मानेर दाँत माझेर भान्सामा जान्छ ।

रमेशः ल अब मैले सबै कुरा गरेर आएँ ।

सीताः ल सुन हामीले समयकाे महत्त्व बुझ्नुपर्छ । समयले हामीलाई कहिले पनि पर्खँदैन । हामी समयसँगै हिँड्नुपर्छ।

श्यामः हाे नि । समय जसरी चल्छ त्यसरी नै काम गर्नुपर्छ ।

रमेशः हुन्छ नि बुबा । अब म त मेराे नेपाली किताब पढ्न जान्छु ।

सीताः ल तर सुरुमा खाजा खाएर पढ्न जाऊ ।

0 reads

Published on 11/3/2025

Image

Aaron Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaron Singh

Grade 6

Roll No: 32035

33

More Articles from

Student

Underline