underline

हिमाल

Underline

Share:

नेपाल हिमालले भरिपूर्ण भएको देश हो । सर्वोच्च शिखर सगरमाथासहित धेरै हिमालहरू नेपालमा छन् । सगरमाथा, कञ्चनजङ्घा, चोयु, धवलागिरि, ल्हाेत्से, मनास्लु, अन्नपूर्ण आदि नेपालका प्रमुख अग्ला हिमालहरू हुन् । हिमालको देश भनेर विश्वमा नेपाललाई चिनिने गरेको छ । हिमाल हेर्न विश्वबाट धेरै पर्यटकहरू नेपाल आउने गर्दछन् । ढकमक्क हिउँले भरिएको सुन्दर र सेता हिमालहरू देखेर पर्यटकहरू खुसी र आनन्दित हुन्छन् । हिमालको हिउँ पग्लिएर नदीहरू बगेका छन् । हिमालमा पाइने चराचुरुङ्गी र हिमजन्तुले हिमालको सुन्दरता बढाएको छ । हिमाली क्षेत्रका बासिन्दाको न्यानो सेवा र सत्कारले पनि विदेशीहरू हिमाल चढ्न आउने गर्दछन् । हिमाली क्षेत्रलाई सुन्दर बनाउन हिमालको विकास गर्न सबै निकायले ध्यान दिनुपर्छ । हाम्रो देश नेपालकाे गाैरव हिमालले नै बढाएकाे छ ।

0 reads

Published on 11/10/2023

Image

Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tejaswi Basnet

Grade 3

Roll No: 33048

20

More Articles from

Student

Underline