underline

मेहनतको फल

Underline

Share:

मेहनतको फल

मेहनत सफलता प्राप्त गर्ने सबैभन्दा ठूलो आधार हो। जीवनमा सफल हुनका लागि नियमित अभ्यास र परिश्रम आवश्यक हुन्छ। मेहनत गर्ने मानिसले कुनै न कुनै दिन राम्रो परिणाम अवश्य पाउँछ।

विद्यार्थीले मन लगाएर पढ्नुपर्छ। शिक्षकले दिएको गृहकार्य समयमै गर्नुपर्छ। कठिन विषयलाई पनि बारम्बार अभ्यास गरे सजिलो हुन्छ। परिश्रमले आत्मविश्वास बढाउँछ।

आलस्यले मानिसलाई पछि पार्छ। मेहनती मानिसले नयाँ कुरा सिक्ने अवसर पाउँछ। किसानले मेहनत गरेपछि राम्रो बाली फल्छ। त्यसैगरी विद्यार्थीले मेहनत गरेपछि राम्रो नतिजा प्राप्त गर्छ।

हामीले सधैँ इमानदारीका साथ मेहनत गर्नुपर्छ। सफलताको कुनै छोटो बाटो हुँदैन। त्यसैले "मेहनतको फल मीठो हुन्छ" भन्ने भनाइ सधैँ सम्झेर जीवनमा अघि बढ्नुपर्छ।

2 reads

Published on 8/14/2026

Image

Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tejaswi Basnet

Grade 6

Roll No: 33048

20

More Articles from

Student

Underline