राजकुमारको सराप
एउटा अलखनन्दन नाम गरेको सहर सुन्दर थियो । त्यहाँ राजा र रानी खुसीसाथ बसिरहेका थिए । उनीहरूका सन्तान थिएनन् । तर एक दिन रानीले एउटा छोरालाई जन्म दिएपछि उनीहरूको खुसीको सिमा रहेन । दरबारमा राजकुमारको जन्म भएपछि आफ्ना प्रजाहरूलाई दरबारमा बोलाएर भोज खुवाउने निधो भयो । प्रजालाई भोजखुवाउन बोलाउने निम्ताको जिम्मा मन्त्रीलाई लगाए । भोजको दिनमा विभिन्न सहरबाट मानिसहरू,व्यापारीहरू, काम गर्नेहरू,पण्डितहरू, जादु गर्नेहरू आएका थिए । भोजको दिनमा विशेष प्रकारको एउटा परिकार बनाइएको थियो । उक्त परिकार सबैलाई रानीले आफ्नो हातबाट खुवाइन् । तर रानीले एक जना महिलालाई दिन बिर्सिन् । उक्त महिला नराम्रो स्वभावकी थिइन् । उनलाई सबैले सरापे भनेर चिन्दथे । विशेष परिकार उनलाई नदिएको भनेर उक्त सरापेले राजकुमारलाई सराप दिइन् । ‘जहिले जहिले राजकुमारले हाछ्यु गर्छ, त्यस बेलामा दरबारमा भएका मध्ये एक जना मानिस हराउँछ र त्यो हराएको मानिस घडी, पर्दा, टिभी, पङ्खा, रुख जस्ता चिजमा परिवर्तन हुन्छ।’ भोजको दिनमा सरापे दरबारबाट बाहिर निस्केपछि राजकुमारले हाछ्यु गर्दा एक जना राम्रो जादुगर घडीमा परिवर्तन भयो । त्यो देखेर सबै दरबारमा आएकाहरू तर्सिन थाले । त्यसको समाधान खोज्नतिर पनि लागे । राजको दरबारमा एउटा इमान्दार नाेकर थियो । जसको नाम मोती थियो । उसले सबै कुरा पत्ता लगाएर त्यस सरापको समाधान खोज्यो ।जब राजकुमारको विवाह हुन्छ जब उक्त सरापेले दिएको सरापबाट राजकुमार मुक्त हुन्छन् र सारा सहरमा खुसीयाली छाउँछ, सरापमा परेर विभिन्न वस्तुमा परिवर्तन भएकाहरू पनि आफ्नो स्वरुपमा आउँछन्। मोतीले यति भनिसकेपछि राजाले पुरोहितहरूसँग सल्लाह गरेर एउटा विधि पुराएर अर्को राज्यकी राजकुमारीसँग विवाहको मिति तय गरेर राजकुमारको विवाह गरिदिन्छन् र सारा सहर ससाप मुक्त हुन्छ ।
0 reads
Published on 2/8/2022
Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Shri Poudel
Grade 4
Roll No: 30001
30
More Articles from
Student