मुने र चङ्खे
एउटा सानो गाउँमा मुने नाम गरेको ठुलो सेतो बिरालो र चङ्खे नाम गरेको सानाे मुसा बस्दथे । उनीहरू एक आपसमा मिलेर खेल्दथे । एउटाले अर्को नदेख्दा दुःखी हुन्थे । उनीहरू मिल्ने साथी थिए । उनीहरू लुकामारी खेलेर दिन बिताउँथे । मुसा लुक्छ र बिरालोले गन्ती गर्छ । बिरालोले मुसालाई दुलोमा हेर्छ तर भेट्टाउँदैन । केराउको बोक्रामा लुकेको मुसालाई जब उसले देख्दछ तब दङ्ग पर्दछ । लुकामारी खेल्दा कहिले जुत्ता भित्र, कहिले सोफामुनि कहिले किताबमुनि लुक्ने गर्दछ । एकदिन बिरालोले मुसालाई भेट्टाउन सकेन । ऊ केही बेर दुःखी भयो । केही क्षणमा आफ्नो नजिकै एउटा टोपी हल्लिएको देखेपछि बिरालो छक्क पर्याे । टोपीमुनि मुसालाई भेट्यो । बिरालोले जब मुसालाई देख्यो ऊ मुसुक्क हाँस्यो । अब लुक्ने पालो बिरालोको र गन्ती गनेर
खोज्ने पालो मुसाको । मुसाले गन्ती सकेर बिरालोलाई खोज्न जाँदा कतै भेट्टाउन सकेन । अन्तिममा बार्दलीकाे ताताे घाममा बिरालो त निदाएर घुरिरहेको भेट्यो ।
0 reads
Published on 5/5/2021
Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Shri Poudel
Grade 4
Roll No: 30001
30
More Articles from
Student