underline

तीन अप्सरा

Underline

Share:

स्वर्गलोकमा अप्सराहरु बस्दछन् । अप्सराहरुलाई रेखदेख गर्ने एक जना आमा हुनुहुन्छ । उहाँले आकासबाट नै पृथ्वीलोकमा बारम्बार ध्यान दिएर हेर्नुहुन्छ । एक दिन उहाँलाई पृथ्वीका मानिस देखेर सहयोग गर्न मन लागेछ । पृथ्वीमा पनि कहाँ गएर सहयोग गर्ने भन्ने उहाँले सोच्नु भयो । एक दिन उहाँलाई हिमालयको छेउमा रहेको सानो, सुन्दर र रमणीय शहरमा बसोबास गर्ने मानिसहरुले पाएको दुःखबाट छुटकारा दिलाउन मन लाग्यो । त्यसपछि उहाँले आफ्नो तीन जना छोरीहरुलाई नेपालमा पठाइन् । नेपालको उत्तर दिशामा रहेको हिमालको काखमा अवस्थित सुरम्य नाम गरेको शहरमा ती अप्सराहरु आएर बस्न थाले । उनिहरु हरेक दिन जंगलमा गएर फुलहरु टिपेर ल्याउने र त्यस फुललाई बास्नादार बनाउन आफ्नो जादुको प्रयोग गर्न थाले । फुल राम्रोसँग विक्न थाल्यो । उनिहरुलाई त्यहाँ बस्न अब समस्या पनि भएन । तर छोरीहरुले जादुको प्रयोग फुलमा मात्र प्रयोग गरेको चित्त बुझेन । त्यसपछि आमाले उनिहरुको जादुको शक्ति खोसेर लिइन् । केही दिनको बसाइपछि एक दिन रातमा ढिलो सुते र बिहान उठ्न ढिलो भयो, जतिबेला मानिसहरु आफ्नो काममा व्यस्त भइरहेका थिए । उनिहरुले आज बल्ल मानिसहरुको भीड देखे । त्यहाँ कोही खान नपाएर मागिरहेका, कोही विरामी भएर कतै कुनामा सुतिरहेका देखे । त्यस्तो देखेर उनिहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि ती तीन जना अप्सराहरुले भोको मानिसलाई खाना दिने, बिरामीको उपचार गरिदिने गर्न थाले । यस दिन देखि उनिहरुको जादुले काम गर्न पनि छाड्यो । जादु नभए पनि छोरीहरुले यस्तो सहयोग गरिरहेको देखेर आकाशबाट उनिहरुको आमा धर्तीमा आउने निधो गरिन् । आफ्ना छोरीहरु साधारण मानिस जस्तै जीवन बिताउन थालेको देखेर उनिहरुलाई केही ज्ञान दिन थालिन् । मानिसहरुलाई दुःखबाट, समस्याबाट सँधैको लागि छुटकारा दिन आमाले केही उपायहरु बताइन् । ‘तिमीहरुले रोगी मानिसलाई उपचार गरिदियौ तर उसको दैनिक आम्दानीको बाटो पनि बनाइदिनुपर्दछ । जसको लागि बिरामी मानिसलाई सङ्गीत सिकाइदेउ र त्यस सङ्गीतको प्रयोग गरेर उसले आफ्नो जीवन चलाउन सकोस् । खाना खान नपाएकाहरुलाई पसल राख्नको लागि केही पैसा सहयोग गरिदेउ । उसले त्यसैबाट कमाएर आफ्नो जीवन चलाउन सकोस् ।’ यति भनेर आमाले छोरीहरुबाट खोसेको जादु फर्काइदिइन् । आमाको यस्तो सुझाव पाएपछि अप्सराहरुले आमाले भनेजस्तै गर्दै गए । आफुसँग भएको जादुको प्रयोग गरे । रोग लागेका, भोकै रहेका र समस्यामा परेका मानिसहरुको जीवनलाई जे गर्दा राम्रो हुन्छ त्यसै गर्न थाले । केही महिनाको बसाइपछि सुरम्य नाम गरेको शहर पनि राम्रो भयो । त्यहाँका मानिसहरुको जीवन सुखी हुँदै गयो । यसरी आमाको सल्लाह अनुसार अप्सराहरुले केही मानिसको लागि एकै छिनको आनन्द भन्दा पनि पछिसम्मको लागि राम्रो गरे । त्यसपछि एक दिन ती अप्सराहरु आफ्नो काम पुरा भएको सम्झिएर स्वर्गलोकमा गएर आफ्नो आमासँग बस्न थाले ।

0 reads

Published on 10/22/2021

Image

Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Shri Poudel

Grade 4

Roll No: 30001

32

More Articles from

Student

Underline
About birds.

About birds.

Published 5/4/2021
मुने र चङ्खे

मुने र चङ्खे

Published 5/5/2021
Mangosteen

Mangosteen

Published 7/7/2021
Mangoes

Mangoes

Published 7/16/2021
एलिनाको सपना

एलिनाको सपना

Published 9/16/2021
Personal Hygiene

Personal Hygiene

Published 9/29/2021
How I celebrated Father's Day

How I celebrated Father's Day

Published 10/21/2021
मलाई मन पर्ने चाड

मलाई मन पर्ने चाड

Published 11/25/2021
मेराे सिरानी

मेराे सिरानी

Published 1/17/2022
राजकुमारको सराप

राजकुमारको सराप

Published 2/8/2022
Healing Pond

Healing Pond

Published 8/17/2022
Stuti’s Turquoise T-Shirt

Stuti’s Turquoise T-Shirt

Published 10/19/2022
Fight Between Body Parts

Fight Between Body Parts

Published 11/29/2022
How I felt the first time in Virtual Reality (VR)

How I felt the first time in Virtual Reality (VR)

Published 12/20/2022
Summer

Summer

Published 12/23/2022
Success

Success

Published 2/7/2023
मानव सेवामा परी

मानव सेवामा परी

Published 2/24/2023
The Magical Chocolate

The Magical Chocolate

Published 7/17/2023
कलम (आत्मकथा)

कलम (आत्मकथा)

Published 7/28/2023
म सानो हुँदा

म सानो हुँदा

Published 11/21/2023
My Experience With Codewalk 1.0

My Experience With Codewalk 1.0

Published 3/20/2024
Monster in The Closet

Monster in The Closet

Published 6/11/2024
Environment and Pollution

Environment and Pollution

Published 7/5/2024
पुस्तक समीक्षा: "मनझाँक्री" लेखक: पुरु लम्साल

पुस्तक समीक्षा: "मनझाँक्री" लेखक: पुरु लम्साल

Published 7/6/2024
प्रेम

प्रेम

Published 7/26/2024
You Make All the Difference

You Make All the Difference

Published 8/6/2024
Secrets, whispered in the shadows, yearn for the dawn

Secrets, whispered in the shadows, yearn for the dawn

Published 8/28/2024
Opportunities and Success

Opportunities and Success

Published 11/9/2024
The Discovery of the Malla

The Discovery of the Malla

Published 2/6/2026
प्रकृति

प्रकृति

Published 6/8/2026
Movie Review: Clueless

Movie Review: Clueless

Published 9/16/2026