प्रेम
यहाँ मनको गीत गाउँछु म,
तिमीलाई प्रेमको सङ्गीत सुनाउँछु म।
सपना जस्तो मिठो यो समय,
तिमीसँगै बिताउने चाहना धेरै ममा ।
तिम्रो मुस्कानमा लुकेको रहस्य,
मेरो दिलमा सजिएको त्यो सपना।
जीवनको हरेक मोडमा साथ दिउँला,
प्रेमको यात्रासँगै तय गरौँला।
सजिलै भेटिन्छ कहाँ यसरी प्रेम,
तिम्रो आँखा हेरेरै हराउँछु म।
तिम्रो हात समाउँदै चल्छु,
यो जीवनको बाटो सजिलो बनाउँछु म।
तिम्रो स्पर्शमा हराउने आश,
सधैँभरि रहिरहोस् यो विश्वास।
साँचो मायाको यो नाता,
कहिल्यै नटुटोस् यो पवित्र बन्धन।
तिम्रो साथमा पाउँछु म,
सारा संसारको खुसी भित्रै।
प्रेमको यो मिठो झल्को,
जीवनभरि तिम्रै साथमा बिताउँछु।
0 reads
Published on 7/26/2024
Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Shri Poudel
Grade 7
Roll No: 30001
30
More Articles from
Student