underline

एलिनाको सपना

Underline

Share:

धेरै वर्ष अगाडि एउटा मुक्ति नाम गरेको देश थियो । जहाँ सुनवासा नाम गरेको ठूलो शहर थियो । त्यस सहरबाट केही टाढा उत्तरपट्टि गुमनाम नामको सानो राज्य थियो । जुन राज्यमा एक रिना नाम गरेकी जादुगर बस्दथी । उसको एलिना नाम गरेकी छोरी पनि थिइन् । एलिनाले आफ्नो आमाबाट विभिन्न जादुका कलाहरु सिक्ने गर्दथिन् । साथै एलिना धेरै भन्दा धेरै किताब पढ्ने गर्दथिन् । उनले आफ्नो फुर्सदको समयमा आमाले आविष्कार गरेको सारा संसार हेर्न सकिने अहिलेको युट्युव जस्तैमा विभिन्न विषयहरु हेरेर बस्ने गर्दथिन् । उनले त्यस युट्युव जस्तै(उपकरण) मा आफ्नो कथाहरु पनि बनाएर राखेकी थिइन् । उनले सारा संसारलाई आफ्नो कब्जामा ल्याउनु पर्छ भन्ने सोच राखेकी थिइन् । एक दिन एलिनाले आफ्नो आमाबाट जादुहरु सिक्ने क्रममा आमाले एलिनाको मनमा रहेको विषय थाहा पाइन् । एलिनामा सारा संसारमा आफ्नो अधिनमा राख्ने, दुःख दिने तथा दुष्ट प्रवृत्ति बढी रहेको उनकी आमाले थाहा पाइन् । रिनालाई निकै चिन्ता लाग्यो । आफ्नो छोरीले सानो उमेरमा यति धेरै नराम्रो सोच कसरी राख्न सम्भव भयो भनेर । त्यसपछि रिनाले त्यो विषय पत्ता लगाउन खोजिन् । एक दिन एलिनालाई जादु सिकाउने उदेश्यले हिप्नोटाइज गरेर एलिनाले सपनामा कस्तो कुरा देख्छिन्, उनको दिमागमा नकारात्मक विचारहरु रहेको पत्ता लगाइन् । उनको यस्तो सपना आउनुको कारण उनले पढ्ने किताब र हेर्ने दृष्यहरुले आएको रिनाले पत्ता लगाइसकेपछि छोरीलाई राम्रो र सकारात्मक कुराहरु दिमागमा रहोस्,  उनले सिकेका जादुहरु सबै मानिसहरुको राम्रोको लागि काम लागोस् भन्ने सोचिन् । त्यसपछि रिनाले सम्माेहन (हिप्नोटाइज) गरेर एलिनाको दिमागमा भएका सबै नराम्रा विषयहरुलाई हटाइदिइन् र नकारात्मक सोच आउनै नदिने बनाइदिइन् । त्यसको केही समयपछि एलिना फुर्तिसाथ उठिन् । उनको मनमा राम्रा विचारहरु पलाइरहेका थिए । त्यसपछि त्यस विषय रिनाले थाहा पाएपछि दुबै आमाछोरीले आफुले जानेको जादुबाट सबै जनाको भलोको लागि काम गर्न थाले ।

0 reads

Published on 9/16/2021

Image

Aadhya Shri Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Shri Poudel

Grade 4

Roll No: 30001

32

More Articles from

Student

Underline
About birds.

About birds.

Published 5/4/2021
मुने र चङ्खे

मुने र चङ्खे

Published 5/5/2021
Mangosteen

Mangosteen

Published 7/7/2021
Mangoes

Mangoes

Published 7/16/2021
Personal Hygiene

Personal Hygiene

Published 9/29/2021
How I celebrated Father's Day

How I celebrated Father's Day

Published 10/21/2021
तीन अप्सरा

तीन अप्सरा

Published 10/22/2021
मलाई मन पर्ने चाड

मलाई मन पर्ने चाड

Published 11/25/2021
मेराे सिरानी

मेराे सिरानी

Published 1/17/2022
राजकुमारको सराप

राजकुमारको सराप

Published 2/8/2022
Healing Pond

Healing Pond

Published 8/17/2022
Stuti’s Turquoise T-Shirt

Stuti’s Turquoise T-Shirt

Published 10/19/2022
Fight Between Body Parts

Fight Between Body Parts

Published 11/29/2022
How I felt the first time in Virtual Reality (VR)

How I felt the first time in Virtual Reality (VR)

Published 12/20/2022
Summer

Summer

Published 12/23/2022
Success

Success

Published 2/7/2023
मानव सेवामा परी

मानव सेवामा परी

Published 2/24/2023
The Magical Chocolate

The Magical Chocolate

Published 7/17/2023
कलम (आत्मकथा)

कलम (आत्मकथा)

Published 7/28/2023
म सानो हुँदा

म सानो हुँदा

Published 11/21/2023
My Experience With Codewalk 1.0

My Experience With Codewalk 1.0

Published 3/20/2024
Monster in The Closet

Monster in The Closet

Published 6/11/2024
Environment and Pollution

Environment and Pollution

Published 7/5/2024
पुस्तक समीक्षा: "मनझाँक्री" लेखक: पुरु लम्साल

पुस्तक समीक्षा: "मनझाँक्री" लेखक: पुरु लम्साल

Published 7/6/2024
प्रेम

प्रेम

Published 7/26/2024
You Make All the Difference

You Make All the Difference

Published 8/6/2024
Secrets, whispered in the shadows, yearn for the dawn

Secrets, whispered in the shadows, yearn for the dawn

Published 8/28/2024
Opportunities and Success

Opportunities and Success

Published 11/9/2024
The Discovery of the Malla

The Discovery of the Malla

Published 2/6/2026
प्रकृति

प्रकृति

Published 6/8/2026
Movie Review: Clueless

Movie Review: Clueless

Published 9/16/2026