underline

वडामहाराजधिराज पृथ्वीनारायण शाह

Underline

Share:

पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको एकीकरण गर्ने संस्थापक राजाको रूपमा चिनिन्छ। उनी विक्रम सम्वत् १७७९ सालको पुष २७ गते गोर्खा दरबारमा जन्मिएका थिए । उनका पिताको नाम नरभूपाल शाह हो। उनी गोर्खा राज्यका राजा थिए । उनकी आमाको नाम कौशल्या देवी हो। पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखा राज्यको राजा भएका थिए। त्यसबेला नेपाल धेरै ससाना राज्यमा विभाजित थियो। पृथ्वीनारायण शाहले ती सानासाना राज्यलाई एकीकरण गरेर ठुलो देश बनाउने सपना देखे । उनले कुशल रणनीति, बलियो सेनाको प्रयोग र सन्धि सम्झौताको माध्यमबाट एकीकरण गर्ने काम सुरु गरे । एकीकरण गर्ने क्रममा उनको ठुलो उपलब्धिमध्ये विक्रम सम्वत १८२५ मा काठमाडौँ उपत्यकाको कान्तिपुरमाथि विजय प्राप्त गर्नु थियो। त्यसपछि सम्पूर्ण उपत्यका सहित उनले वर्तमान नेपालको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिए । पृथ्वीनारायण शाहले राष्ट्रिय एकता र स्वतन्त्रतामा जोड दिए। अरु देशकाे भर नपरी आफ्नो देश आफैँ बनाउने कुरामा जोड दिँदै बेलायती इस्ट इन्डिया कम्पनीको हस्तक्षेपको विरोध गरे। उनी नेपाललाई दुई ढुङ्गा बिचको तरुल जस्तै भएकोले चीन र भारत दुवै देशबाट बचेर काम गर्नुपर्छ भन्ने सोच्दथे । विक्रम सम्वत १८३१ मा उनको निधन भएपछि उनले स्थापना गरेको एकीकृत नेपालको सपना आज पनि नेपालीहरूको गौरवको विषय हो । उनलाई नेपालका राष्ट्रनायकका रूपमा अहिले पनि सम्मान गरिन्छ ।

0 reads

Published on 7/7/2025

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 4

Roll No: 34042

19

More Articles from

Student

Underline